प्रकाश अधिकारी ‘अभियान’
किन देशले निकास पाउन सकेन ? देशको निकासको बाधकको हो ? आजसम्मको आन्दोलन निकास र विकास विनानै किन समाप्त भयो ? आन्दोलन हुन्छ, संघर्षहरु हुन्छन् तर निकास र विकास हुँदैन । देशले निकास र विकास पाउँने नाममा थुप्रै सम्झौताहरु भए तर उपलब्धीहरु सून्य प्रयाः भयो । अब देशको निकासको बाटो के ?
आजसम्मको निकास र विकास प्रक्रियाको बाधन के के हुन तिनिहरुको खोजी नगरि देशको सुन्दर भविष्यको कल्पनालाई पुरा गर्ने सकिन्न । अबको अभिभार के कसरी देशको विकास गराउँन सकिन्छ ति सबै आयामहरुलाई नखोतलिकन देशको विकास सम्भव नरहेको देखिन्छ । आजसम्मको आन्दोलन ति सबै विरतापूर्ण र गौरवपूर्ण थिए ।
राष्ट्रका निम्ती थुप्रै सहिद भए, हुनाहार नेपाली सपुतले रगत बगाएर राष्ट्रको सेवा गरे । देश सेवा भन्दा ठूलो सेवा केहि हुन्न र थिएन पनि । ती महान सपुत सधै आदरणीय र सम्माननीय रहनेछन् । तिनले आफूलाई किन्चीत विचलीत नबनाई बलिदानमा समर्पित गरे । तिनप्रति श्रद्धा सुनम अर्पण गर्दै इतिहासको विरतापूर्ण गाथालाई नियाल्दै नेपालको निकास र विकासको दिशालाई पकडने कासिस गरौं ।
विश्वमा भएका गौरवपूर्ण संघर्षको उचाईमैँ नेपाली संघर्षहरु भए । नेपालको सन् १९५० (वि.सं.२००७) सालको दशकमा भारत र चीनमा पनि राजनीतिक आन्दोलन भए । सन १९४७ मा भरातीय स्वतन्त्र संग्राम सन् १९४९ को चीनीयाँ क्रान्ति सपन्न हुनु र नेपालमा सन् १९५० मा प्रजातन्त्र स्थापना हुनु । एउटै घटना क्रममा आन्दोलनलाई हेर्न सकिन्छ । आज चीन पहिलो शक्तिको रुपमा विश्वमान चित्रमा चित्रीत हुँदैछ भने भारत विश्वको चौथो शक्तिमा उदयमान हुँदैछ । ती विशाल दुई ढुङ्गा बीचको तरुल नेपाल कुनै पनि निकास र विकास विना छटपटाहाटमा रुमलिएको छ । यसका बारेमा गम्भीरता पूर्वक सोच्ने बेला आएको छ।
सन् १९५० सालको परिवर्तन पछि पनि नेपालमा अरु ठूला साना आन्दोलनहरु भए । तीनिहरुलाई पनि क्रमिक अध्ययन गरिने छ । वि.सं. २००७ सालको आन्दोलन राणा विरोधी आन्दोलन थियो । त्यसले जहानीया राणा शासन फ्याल्यो । नेपालमा प्रजातन्त्र आयो । त्यो प्रजातन्त्रले १० वर्षमै मर्नु प¥यो अर्थात २०१७ साल पौष १ गतेको पञ्चायती व्यवस्थाले त्यस भन्दा अगाडिका सम्पूर्ण उपलब्धीको मुन्टो निमोठ्ने काम भयो। त्यस विचमा भएको आम निर्वाचन, जनताको मताधीकारको प्रयोग र त्यसको रक्षा, प्रजातन्त्र, दलिय संसदीय व्यवस्था सबैको अन्त्य भयो । यसको कारण के थियो ? संघर्षको उचाईलाई स्थापीत हुन नपाउँदै नयाँ पञ्चायती व्यवस्था आयो । संघर्षलाई सम्झौतामा समाप्त गरिनु हुन्न थियो । विज्ञानमा सम्झौता भन्ने हुन्न । प्रकृति विज्ञानमा सम्झौता सम्भव छैन । यदि त्यसो हुन थाल्यो भने विज्ञानले आफ्नो प्राण गुमाउने छ । विज्ञानको प्राण भनेको आविष्कार हो । आविष्कार अनुसन्धानको उपज हो ।
अनुुसन्धानमा सम्झौता भयो भने न आविष्कार सम्भव छ न विज्ञानको अस्थित्व । त्यस्तै समाज विज्ञानमा पनि आधारभूत विषयमा सम्झौता हुनुहुन्न । समाज विज्ञानको पनि आफ्नो आधारभूत मूल्य मान्यता हुन्छ । आजसम्म नेपाली राजनीतिमा आधारभूत राजनीतिक मूल्य मान्यता सहित संघर्ष उठान भयो तर संघर्षलाई बैठान गर्दा ति सबै आधारभूत मूल्य मान्यतालाई विर्सने गरियो । जुन विज्ञानसंगत थिएन । जसले देशको निकास र विकास सम्भव भएन ।
महाभारतमा कृष्ण शान्ति दुत बनेर जादा पनि उसले शान्तिका आधारभूत मूल्यमान्यतालाई नकुल्चीकन शान्तिको मार्गमा लाग्न सबैलाई आग्रह गर्दा त्यस विषयमा सुनुवाई नै भएन जसले महाभारत युद्धको विभिसिका जन्मायो र त्यसले स्थाई शान्तिको मार्ग को¥र्यो । तर नेपालमा जुन राजनीतिक आधारमा संघर्षहरु उठान गरियो त्यसको आधारभूत पक्षनै विर्सेर सम्झौता गरियो । जसले गर्दा संघर्षको उठान सहि भयो बैठान गलत हुँदा स्थाई निकास र विकसको सम्भावनालाई रोकिदियो । जसको परणाम २००७ सालको उपलब्धी निष्फल सवित भयो ।
नेपालको आन्दोलन नेपाली जनताको मुक्ति नहुन्जेल रहिरहनु पथ्र्यो तर जनता मुक्त नहुँदै नेतृत्वले हतासमा सम्झौत गर्न पग्यो । आन्दोलन मौलीक हुने तर सम्झौता मौलीक नहुने । नेपालको सम्पूर्ण आन्दोलन र निकासको विषयको सम्झौता नेपाली राजनीतिले गर्नु पथ्यो तर भारतको सक्रियतामा भएको सम्झौताले भारतले आफ्नो स्वार्थलाई त्यसमा घुसाउन सफल भयो । जसले जनताको पूर्ण मुक्तिको आन्दोलनमाथी कुठाराघात भयो ।
वि.स.२०३६ सालको पञ्चायत विरोधि आन्दोलनको झिल्को विस्तारै विकास भयो । जसले वि.सं. २०४६ सालमा पुग्दा प्रजातन्त्रको पुर्नस्थापना गरायो । प्रजातन्त्रले आफ्नो देशको निकास र विकास सम्भावना देखेर थुप्रै सपुतहरु बलिदान हुन तयार भए । प्रजातन्त्र आयो । यो प्रजातन्त्रमा पनि भारतको स्वार्थ रोपीयो । भारतको इच्छामा सम्झौता भयो । जसले जनताको अधिकार सुनिश्चित गरेन र विस्तारै देशमा अर्को संघर्ष भयो । १० वर्षे माओवादी आन्दोलनको जगमा २०६२/६३ को आन्दोलनको आधिबेरी सृष्टी भयो । जसले राजतन्त्रको समुल अन्त्य गयो, संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना गयो ।
आजको दिनसम्म आइपुग्दा आम निर्वाचन मार्फत संघिय लोकतान्त्रीक शासन प्रणालीलाई पूर्ण कार्यन्वयनको दिशामा गएको देखिन्छ । केन्द्र, प्रदेश र स्थानिय चुनाव सम्पन्न भएको छ तर देशको निकास र विकासमा कुनै सम्भावनाको छनक देखिएको छैन । पछिल्लो आन्दोलमा पनि भारतको स्वार्थको भ्रण रोपिएको देखिन्छ । पछिल्ला सम्झौता र भारतीय गतिविधि हेर्ने हो भने यसलाई प्रष्टै बुझ्ने आधार मिलेको छ । नाकाबन्दीलाई उदाहरण मान्न सकिन्छ । आजको संघिय लोकतन्त्रले पनि देशको निकास र विकासमाथिको अविश्वासलाई जीउका तिउँ राखेको छ ।
आजसम्मको इतिहासलाई फर्केर हेर्ने हो भने आजको लोकतन्त्रमा पनि देशको निकास र विकास छैन । स्वार्थपूर्ण तरिकाले आन्दोलनलाई बेचीएको छ । आन्दोलनमा उठाइएका विषयहरुलाई बीचैमा छाडेर गरेको सम्झौताले देशको निकास र विकास सम्भव छैन । देश विकासका निम्ती हरेक आन्दोलन आफ्नो मौलिकतामा हुनुपर्छ । आन्दोलन भनेको देश निकास र विकासको मलजल हो । विरुवालाई जसरी मलजलको अनिवार्य आवश्यकता हुन्छ, त्यसैगरी देशको निकास र विकासको निम्ती आन्दोलन, त्याग, तपस्या र बलिदान अनिवार्य भएर आउँछ । त्यसैले आन्दोलन एउटा गौरवपूर्ण इतिहास बोकेर आएको हुन्छ ।
कुनै बहकाबमा आन्दोलन आएको हुँदैन । समग्र देशको निकास र विकासको मूल प्रवाह नै आन्दोलनहरु हुन । यहाँ आन्दोलन भए तर ति मौलिक हुन सकेनन् । सम्झौताहरु भए तर तिनीहरु झनै मौलिक हुन सकेनन् । जसले गर्दा नेपालको आधारभूत राजनीतिक विषयनै विर्सेर गरिएको सम्झौतले देशका निकास र विकास सम्भव नदेखिएको हो ।
अब कसरी देशको निकास र विकास सम्भव होला त ? राजनीतिक मुद्दामा सम्झौता हिन संघर्ष मार्फत राज्यव्यवस्था प्राप्ती र त्यसको जगमा स्थापीन शासन व्यवस्थाले मात्र देशको निकास र विकास सम्भव छ । देशमा रहेको समस्यालाई देशमै हल खोजीने राष्ट्रवादी आन्दोलनको खाँचो परेको छ । जनतामा आशाको सञ्चार गराउने, सबै असम्भावनाहरुलाई सम्भावनामा बदल्ने, असम्भव भन्ने केहि पनि हुन्न । सबै सम्भव छ । हिमाल, पहाड, तराई सबैलाई एउटै मूलधारमा विकास गराउने । प्रसस्त उद्योग धन्दाहरु खोल्ने । हिमालमा जडिबुटी र खनीजको उद्योग, पहाडमा जल, जंगल, र खनीज तथा कृषी उद्योग, तराईमा कृषी, जंगल लगाएतको उद्योग स्थापना गरेर मात्र देशको विकास सम्भव छ । रोजगारी सृर्जना गर्नु पर्छ । शिक्षा, स्वास्थ्य र सुरक्षा राज्यको हातमा राख्ने । राष्ट्र सेवक कर्मचारीलाई अनुशासनमा राख्ने । आफ्नो मौलिक वैज्ञानिक सामाजिक सांकृतिक पक्षको जर्गेणा गर्ने र सभ्यता सहितको समाज स्थापना गर्ने ।
बालबालिकाको वृद्धि विकासमा राज्यको दायीत्व, रोजगारीमा ग्यारेन्टी तथा वृद्धाहरुको सम्पूर्ण दायित्व राज्यको बनाउने हो । सम्पूर्ण जनशक्तिलाई दक्ष र सक्षम बनाउदै देश निर्माणमा समर्पीत गराउने हो । नेपालको विकासमा भारतको खुल्ला सिमाना बाधक साविकत भइसकेकोले भारतको खुल्ला सिमाना बन्ध गरेर नेपाल भारतको सम्बन्धलाई मैत्रीपूर्ण बनाउने हो । स्वाभिमानमा बाँँच्न र आत्मगौरबमा हुर्कन सिकाउनु पर्छ । खाद्यन्नको अधिकतम उपयोग गर्ने । चीनसंगको सम्बन्धलाई उचाइमा लैजाने, अन्ने मित्र राष्ट्रसंगको सम्बन्धमा जोड दिने । पराश्रीत मानसिकताको समूल अन्त्य गर्ने ।
देशको निर्माता जनता हुन । हामी जनताले आँटने हो भने छोटै समयमा नेपाललाई संसारमै शक्तिशालि देशको रुपमा स्थापीत गराउन सकिन्छ । सबै सम्भवना भएको देश आफैमा मोतिको टुक्रा हो । माल पाएर पनि चाल नपाउने नेतृत्वको कम्जोरीको कारण देशको दुरदशा भएको हो र नेपालमा छिटै एउटा नयाँ सम्भावनाको ढोका खोलिने छ । नेपाल देशलाई हामी आफ्नै पुस्तामा बलियो, सम्रिद्ध र समुन्नत बनाउन सक्छौ । इतिहासबाट सिकेर भविष्यलाई सहि बाटोमा डो¥याउने समय आएको छ । निराशा र कुठा बाट होइन आशा, दृढता र विश्वासमा नेपालमा र नेपालीको भाग्य बदल्ने अभियान हाम्रो पुूताको अभिभारा भएको छ । सुनौलो भविष्यलाई सबैले आफ्नै हातले स्वागत गर्ने बेला आएको छ । युग हाम्रो हो बदल्ने काधँ हाम्रो हो यो समय हाम्रो हो ।