काठमाडौँ । आज भ्यालेन्टाइन डे । विश्वभर मनाईने प्रेमको पर्व । एक साता लामो प्रेमका चरणहरु पार गर्दै गएपछि आज विविध कार्यक्रम गरेर यो पर्व मनाउने चलन छ ।
प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा मनाइन्छ । खासगरि, विश्वभर यो दिवस धुमधामले मनाउने प्रचलन छ ।
अफगानिस्तान र केही इन्डियन भूभाग वाहेक विश्वभर मनाइने भ्यालेन्टाइन पर्वले एकअर्काको वैमनस्यता तोडेर प्रेममा बदलेको पाइन्छ ।
जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
भ्यालेन्टाइन डेका अवसरमा विश्वभरका प्रेमीलहरुमा सकारात्मक उर्जा पैदा गर्छ ।
आज शुक्रबार नेपालमा पनि विभिन्न सांगेतिक कार्यक्रम गरेर भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
वैमनस्यता तोड्ने, प्रेम जोड्ने भ्यालेन्टाइन
न कुनै जात, न धर्म, न समुदाय, न धनी, न गरीब, न कुनै रंग । सबैले मनाउने एक मात्र प्रेमको पर्व हो भ्यालेन्टाइन ।
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खास गरी युवायुवतीहरूले एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई ।
प्रेम दिवसलाई एक प्रकारको प्रेम सप्ताहकै रूपमा पनि मनाउने चलन छ ।
विश्वभर मनाइने प्रेम दिवस विभिन्न उपहार, कार्ड, फुल तथा अन्य प्रेमका प्रतीकहरू दिएर एकअर्काबीच प्रेम साटासाट गरिन्छ ।
आधुनिकतामा लम्किरहेका युवायुवतीहरू प्रेम दिवसको अवसरमा आफ्नो प्रियलाई शुभकामनाका साथै उपहार दिएर यो दिनलाई सार्थक पार्छन् ।
यस अवसरमा विभिन्न उपहार कार्डसहित विशेष रूपमा रातो गुलाफको फुल दिने चलन छ । किनकि रातो गुलाफलाई प्रेम र क्षमताको प्रतीकको रूपमा मानिन्छ ।
प्रेम कुनै विशेष जात, धर्म, उमेर, समुदाय र वर्गमा आधारित नहुने हुँदा प्रेमको महत्त्व सबैमा उत्तिकै रहेको पाइन्छ ।
भ्यालेन्टाइन डे लाई विश्वभर सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ ।
संसारभर लोकप्रिय भ्यालेन्टाइन डे को इतिहास रोचक छ । यसको इतिहास एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए ।
तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे । त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले ।
पादरीले बिहे गराइ दिएको खबर एक कान दुई कान मैदान हुँदै सम्राटसम्म आइपुग्यो । र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो । अनि मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए ।
भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो । उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो ।
भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ । भ्यालेन्टाइन डे का दिन आफ्नो सन्देश खवर लेखेर प्रेमी प्रेमिकालाई दिने चलन पछि चल्यो ।
भ्यालेनटाइनको बुझाइ अनुसार अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् । त्यसैले उनले राजाको आदेश समेत अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गर्ने, जोडीहरु खोजेर सार्वजनिक स्थलमै सामूहिक विवाह गराइ दिन्थे ।
बीसौ शताब्दीमा आएर भ्यालेन्टाइन डे युरोपभरि मनाउने प्रचलन आयो भने एक्काइसौं शताब्दीमा यो दिवस विश्वभरि मनाउन थालियो ।
तर विश्वका केही मुलुकहरूमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध गरिएको छ । जसमा साउदी अरव, इराक, इन्डियाको केही भाग, अफगानिस्तान र पाकिस्तानमा यो दिवस मनाउन प्रतिबन्ध गरिएको छ ।
आफ्ना प्रियजनहरूलाई गुलाब दिएर आफ्नो माया, मित्रता र भावनाहरू व्यक्त गर्ने गरिन्छ । गुलाबलाई प्रेम र सौन्दर्यको प्रतीक मानिन्छ र विभिन्न रङ्गका गुलाबहरूले फरक–फरक भावनाहरू दर्शाउँछ ।
विशेषगरी फेब्रुअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ । यस अवसरमा जसरी युवायुवती तथा प्रेमप्रेमिकाहरु प्रेम र विश्वासको प्रतीकको रूपमा मनाइरहेका छन् यो दिवस ।
नेपालको संविधान, ऐन, नियम र कानुनले हरेक नागरिकलाई स्वतन्त्रपूर्वक हरेक पर्वहरु मनाउन पूर्ण अधिकार प्रत्याभुति गरेको छ ।
रिस, राग र क्लेष त्यागेर सदैव एक अर्काबीच विश्वासको आभास भइराखोस् । भ्यालेन्टाइन डेको सबैलाई शुभकामना ।