‘आफ्नो मुलुकको असन्तुष्टि अर्को मुलुकका मानिससँग तिमीले पोख्छौ भने तिमी नेता होइनौं, तिमी देशद्रोह हौ’ । ४२ वटा राजनीतिक विषयका र अन्य कयौं पुस्तकका वेलायती लेखक एण्डी क्रप्ट Andy Croft को कुनै सृजनाका वाक्यांश हुन् यी ।
नेपालका व्यक्ति प्रचण्ड अर्थात पुष्पकमल दाहाल त्यस्ता नेता हुन्, जो मञ्च वा माइकमा के बोलें खासै मेसो पाउँदैनन् । किनकी उनी ज्यादै उत्तेजित हुन्छन् ।
र उनी आफ्ना बोलि पटक पटक फिर्ता लिन्छन् । पहिला बेहोसमा बोल्ने अनि माफी माग्ने प्रचण्ड बानी किशोर अवस्थादेखि नै यस्तै उत्तेजित, उन्मक्त र चेतनारहित बोलिबाट प्रचण्ड चिनिएका हुन् ।
सत्ताबाट बाहिरिने वित्तिकै उनी हरेक पटक कहीं न कहीं इण्डियाको सामिप्यमा पुगिहाल्छन् । स्वदेशमै भएपनि इण्डियालाई बल पुग्ने अभिव्यक्ति दिइहाल्छन् ।
पहिलो सत्तायात्रा इण्डियाकै कारण गलहत्तीनु परेको बुझाईमा चेतना गुमाएका प्रचण्ड त्यसयता सबैभन्दा बढी इण्डिया आसक्ति नेपाली नेताका रुपमा दरिएका छन् । यसरी इण्डियासँग झनै लहसिए प्रचण्ड
हुन त प्रचण्डको राजनीति यात्रा वा युद्धको सुरुवातको जननी इण्डिया भएको सबैलाई जगजाहेर छ ।
तथापी इण्डियन विस्तारवादको नारा सामान्य (कमजोर नागरिक) जनतालाई भरेर युद्धको सिंढी चढेका प्रचण्ड संसदीय राजनीतिमा तेब्बर बढी इण्डियन परस्त बनेर स्थापित भए ।
प्रचण्डको खराब बाणी
यो आलेखको पृष्ठभुमि टिप्पणीमा प्रचण्डलाई किन यतिको सही आक्षेप लगाउनु पर्यो होला पाठकहरुलाई कौतुहलता हुन सक्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली केही दिनपछि चीन भ्रमणमा जाँदैछन् । उनले ओलीप्रति पोखेको रिस विदेशी मिडिया कुन हदसम्मको छ , स्वंय पाठकले मुल्यांकन गर्न सक्नुहुनेछ । ओली विरुद्ध प्रचण्डको गंभिर आरोपः चीन गएर ओली चिनियाँ कार्ड खेल्दैछन्
आन्तरिक राजनीति मतभेदलाई विदेशी सामु वा विदेशी मिडियामा कुनै राष्ट्रवादी नेताले पोख्ने कल्पना गर्न सकिन्न ।
तर, प्रचण्ड निर्धक्कसँग यस्ता अभिव्यक्ति राख्छन् । यो देशद्रोहको स्कुलिङ प्रचण्डले इण्डियाबाटै पाएका हुन् । विगत यसको नजिर छ । नेपालका माओवादीको उद्गमस्थल इण्डिया
प्रचण्डले विदेशी मिडिया सामु ओली चिनियाँ कार्ड खेल्न खोज्दैछन् भनेर जसरी इण्डियाको साखुल्य हुन खोज्दैछन्, त्यसले उनी अझै वेहोसमै बोल्ने बानी बाक्लिएको प्रमाणित हुन्छ ।
यी नेता यस्ता हुन्, जहाँ यिनको पार्टीको नाम माओवादी प्रति नै चिनियाँ कम्यूनिष्ट संस्थापक माओका नेताहरुनै असन्तुष्ट रहँदै आए ।
आफ्नै देशको नेताको नाम दुरुपयोग गरेको चिनियाँ पक्षको सधैं गुनासो रह्यो । चिनियाँ नेता माओको नाम राखेर प्रचण्डले नेपालमा पार्टी खोलेपछि चीनका कम्यूनिष्टको चासोपटक पटक सत्तामा जाँदा प्रचण्ड चिनियाँ पक्षसँग नजिक हुन प्रयासमा रहे ।
वर्षमान पुन आदि नेताहरु दुत बनाएर पठाउँदा पनि माओवादी पार्टीको नाम राखेर नेतामा चिनिएका प्रचण्ड संसदीय राजनीतिमा सबैभन्दा बढी इण्डियातिर लहसिन पुगे । वर्षमान तारन्तार किन चीन जान्छन् ?
प्रचण्ड अचम्मका नेतामा पर्छन् । उनी जहाँ पुग्छन्, त्यहाँको समुदायलाई उचाल्छन् । समुदायलाई भड्काउने प्रचण्ड शैली अनि त्यसैलाई सिंढी बनाएर सत्तामा पूग्छन् । आजसम्म उनले समाज भाँड्ने इण्डियन चरित्रलाई हतियारमा प्रयोग गर्दै आएका छन् ।
इण्डिया भ्रमणमा रहँदा उनी आँफू इण्डियन वफादार नेपालको एक मात्र नेता जसरी बोल्छन् । त्यस्तै व्यवहार देखाउँछन् । प्रचण्डको बिजेपीसँगको साखुल्यता
चिनियाँ भ्रमणमा हुँदा स्वंय उनी चिनियाँ कार्ड प्रयोग गर्न माहिर नेतामा दरिएका छन् । त्यसैलाई अस्त्र बनाएर उनी पुनः इण्डियासँग नजिक हुन पुग्छन् । प्रचण्डः चिनियाँ नेतालाई भेटेलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल किन ‘अचानक’ इण्डिया जान लागेका हुन्
प्रचण्डको अर्को गज्जबको मदहोस बानी छ । उनी नेपालका नयाँ नयाँ राजनीति शक्तिलाई उचाल्न सिपालू छन् ।
अहिले उनी रास्वपालाई उचालिरहेका छन् । उनी यसैको आधारमा विगतका आफ्ना कुकर्म छोप्न चाहन्छन् ।
हुन पनि पछिल्लो पटक सामाजिक संजालमा अन्य सत्ताधारी नेताहरुले जति गाली खाएका छन्, प्रचण्डले उल्टो प्रशंसा बटुलिरहेका छन् ।
अहिले यी सामान्य (कमजोर वर्ग) नागरिकले विगतका उनका अभिव्यक्ति, लडाकु शिविर घोटाला, ठेकेदारसँग मिलोमतो, युद्ध अपराध लगायतहरु बिर्सिदिएका छन् ।
कारण हो, प्रचण्ड यस्तै वर्गलाई सत्ता बाहिर हुँदा साथ दिन्छन् र त्यही वर्गलाई उपयोग गरेर सत्तामा पुग्न चाहन्छन् । यी र यस्ता चरित्रहरु प्रचण्डका अतितबाट पुष्टी हुँदै आएका नजिर हुन् ।
प्रचण्ड यस्ता आत्मकेन्द्रीत नेता हुन्, जस्ले आफ्नो प्रगति बाहेक अरु सोचेनन् । हुन त यस्तो समस्या अन्य नेताहरुमा पनि छ ।
अन्यहरुको सवालमा अर्को आलेखमा लेखौंला ।
तर, अहिले सम्मुखमै नेपालका सरकार प्रमुख चीन भ्रमणमा जाने तयारी चलेका बेला प्रचण्डको इण्डियालाई उचाल्ने अभिव्यक्ति आएकोले अझै उनी सौदाबाजीको राजनीति खेलमा दौडिन चाहन्छन् । ओली विरुद्ध प्रचण्डको गंभिर आरोपः चीन गएर ओली चिनियाँ कार्ड खेल्दैछन्
सत्ता बाहिर हुँदा प्रचण्ड नेपाली कांग्रेस र एमाले भन्दा भिन्न देखिन चाहन्छन् ।
जब उनी गठबन्धनबाट बाहिर हुन्छन् मानौं प्रचण्ड सत्ताका लागि नयाँ नेता हुन् भन्ने भ्रम फैलाउन अनेक संयन्त्र उपयोग गर्छन् ।
नेपालले चीन र इण्डियासँग कुटनीति सन्तुलन सम्बन्ध कायम राख्ने परम्परा छ । यसैको जगमा रहेर नेपालको संसदीय राजनीतिले आफ्नो दस्ताबेजहरु तयार गर्छ ।
तर, व्यवहारमा भने यसको ठीक उल्टो छ । आयात निर्यात, व्यापार सम्बन्ध, राजनीतिदेखि सांस्कृतिक सम्बन्ध भने झण्डै शतप्रतिशत इण्डियामुखी छ ।
यसले हामीलाई झन झन गरीब र अविकासमा जाकिदिएको छ । यो तर्फ प्रचण्ड बोल्दैनन् । बरु उनी पुरानै इण्डियन परस्तका व्यवहारमा प्रदर्शन गर्छन् ।
पछिल्ला वर्षमा नेपाली कांग्रेसको इण्डिया संस्थापकसँग सम्बन्ध पातलिन थाल्यो, एमालेको सम्बन्ध टाढिन थाल्यो अनि प्रचण्ड भने इण्डियाको सबैभन्दा प्रिय बन्ने प्रयासमा छन् ।
उनी इण्डियाबाट कति उपयोग छन्, यसै भन्न त सकिन्न तर, उनी अहिले इण्डियाका लागि सबैभन्दा कम्र्फटेबल नेताका रुपमा चिनिएका छन् ।
के अझै प्रचण्ड देशी विदेशी नेपाल विरोधी शक्तिहरुको पोषण सेवन गरेर राजनीति टिकाउन सक्छन् ?
यो प्रश्नको उत्तर भने हामी अर्को आलेखमा पस्किनेछौं ।
द्रष्टव्यः पाठकहरुलाई आलेखप्रति पुर्ण विश्वस्तहोस भनेर हामीले तथ्यका सामग्रीहरु उपलब्ध गराउँदै आएका छौँ । लेखमा उल्लेख हरियो रंगमा क्लिक गरेर सम्बन्धित हरफ सही वा गलत आँफैले जाँच गर्न सक्नुहुनेछ । सम्पादक ।