नेपालको संचार क्षेत्र फैलिंदो छ । यसको संख्यात्मक दायरा मात्र नभई गुणात्मक क्षेत्र पनि विस्तार भइरहेको अवस्था छ । हामी केही वर्षअघि त्यही भीडमा जन्मिएका थियौं, जहाँ सूचनाको दुनियाँ थियो ।
अहिले सूचनाको संसार फैलिएर वर्णनात्मक समाचारमा परिवर्तित छन् । अर्थात, अहिले सूचना पाउन संचारका पाना पल्टाउनै पर्दैन । सामाजिक संजालका कुनाकुनामा हरसेकेण्ड सूचना चुहिरहेका हुन्छन् ।
हामी तिनै सूचनालाई समाचार बनाउँछौं र संचारको कर्ममा रहनेछौं । सूचना एउटा बिम्ब हो, जस्ले कयौं पानाहरु भर्ने खँदिला समाचारहरुको सुचक बन्दछ ।
कुनैबेला संचारगृहले सूचना दिन्थे । त्यो त्यहीबेला महत्व थियो, जुनबेला डिजिटलको संसार थिएन । अब सूचना डिजिटलका अटोमेटिक सिस्टमले दिनेछ । तर, समाचार भने संचारगृहले नै दिनुपर्छ । किनकी सूचना र समाचार भिन्न विषय हुन् । हामी तपाईं माझ त्यही समाचार पस्कने जमर्कोमा छौं ।
यस राष्ट्रिय संचार अनलाइन प्रा.लि सदैव नेपाल, नेपाली र यो भुगोल भित्रको आवस्यकतालाई सम्बोधन गर्ने प्रयासरत रहनेछ । हामी सबै नेपालीको मायाले हामी फेरि योगदानमुलक भुमिकामा सक्रिय हुन सफल बन्नेछौं ।
हाम्रो जन्म केही वर्षअघि भयो । समयले हामीलाई केही अबधि सुस्ताइदियो । अब हामी फेरि त्यही सक्रिय कार्यमा हुनेछौं । हामी नेपालको राष्ट्रियता र हाम्रा पहिचानका सवालमा निकै संवेदनशील हुनेछौं । हामी सबैभन्दा भिन्न हुनेछौं त भन्दैनौं तर, हामी नेपालको मौलिकतामा हाम्रै मौलिकपन दिन चाहन्छौं ।
यही नै हाम्रो समाचारका विषयहरु हुनेछन् । अन्य नियमित घटनाक्रमका समाचार छुट्ने छैनन् । संभव भएसम्म नेपालको इतिहास भित्र लुकेको वास्तविक नेपाल, नेपालीका छिपेका मौलिकता, नेपालका चिनारी र नेपाली जनताका सम्पुर्ण सवालहरुमा हामी केन्द्रित हुनेछौं ।
अतः हामीलाई विश्वास छ, नेपालको प्रजातन्त्रमा संचारको महत्व सर्वोपरी छ । यसका लागि हाम्रो निष्पक्ष भुमिका हुनेछ । यस राष्ट्रिय संचार अनलाइन प्रा.लि सदैव नेपाल, नेपाली र यो भुगोल भित्रको आवस्यकतालाई सम्बोधन गर्ने प्रयासरत रहनेछ । सबै नेपालीको मायाले हामी फेरि योगदानमुलक भुमिकामा सक्रिय हुन सफल बन्नेछौं ।
हामीलाई माया, सद्भाव, सहयोग गर्नुहुने पाठक, शुभेच्छुक, विज्ञापनदाता र सबै शुभचिन्तकहरुप्रति आभारी छौं । आगामी दिनमा यहाँहरुको साथ अझ कसिलो हुने पुर्ण अपेक्षा गरेका छौं । सबैप्रति नमन ।