काठमाडौँ । सबै राम्रो काम गरेर पनि उ असहिष्णु र अनुदार छ भने असल शासक हुँदैन । विपक्षीसँग र जनतासँग भिड्न खोज्ने इतिहासमा तानाशाह बनेर चिनिएका छन् । ती मध्येका हुन्, जर्मनी शासक हिटलर ।
अस्ट्रियामा जन्मिएका हिटलर विश्वका क्रूर शासकमध्ये एक हुन् । नेसनल सोसलिस्ट जर्मन वक्र्स पार्टी (नाजी)का नेता उनी सन् १९३३ मा चान्सलर र १९३४ देखि १९४५ सम्म जर्मनका शासक थिए ।
हिटलरले सत्ता सम्हालेपछि धम्की, गिरफ्तारी, स्वेच्छाचारी र आक्रमणका घटनामा बढे । सरकारले कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध मात्र लगाएन, १० हजार कम्युनिस्ट नेता तथा कार्यकर्ता पक्राउ परे ।
यी सबै राजनीतिक बन्दीलाई कैद गर्न यातना शिविर खोलिए । मानिसहरूलाई दुव्र्यवहार, यातना र कहिलेकाहीँ मारिन्थ्यो । हिटलरको शासनकालमा यहुदीहरूले निकै सास्ती भोग्नुपर्यो ।
म्युनिखनजिकैको डाचाउ शिविरमा सुरक्षाकर्मीले चारजना यहुदी बन्दीहरूलाई गेटबाहिर लगेर गोली हानी हत्या गरियो । हिटलर नाजीवाद तथा दोस्रो विश्वयुद्ध सुरु गर्ने केन्द्रीय पात्र थिए ।
हिटलर आफ्नो सर्वसत्तावादबाट निकै उन्माद भएका थिए । उनी आफूलाई झनै शक्तिशाली र दमन गर्न चाहन्थे । सन् १९३३ को मार्च २३ मा बर्लिनमा रिकस्टाग (संसद्)को बैठक बस्यो ।
यो बैठक हिटलरलाई थप तानाशाही बनाउनेतर्फ लक्षित थियो । एजेन्डाको मुख्य विषय नयाँ कानुन ‘इनेबलिङ एक्ट’ बनाउनु थियो । यसले उनलाई राष्ट्रपति वा संसद्को हस्तक्षेपविना नयाँ कानुन लागू गर्न अनुमति दियो ।
बैठकमा हिटलरले उपस्थितहरूलाई ‘युद्ध र शान्ति’बिचको विकल्प दिए । यो कुनै पनि असन्तुष्टलाई एक प्रकारको धम्की थियो । त्यो प्रक्रिया कुनै पनि हालतमा लोकतान्त्रिक थिएन ।
पक्षमा ४४४ मत र विपक्षमा ९४ मतको साथ रिकस्टागले उक्त कानुन अनुमोदन ग¥यो । यही कानुन सन् १९४५ सम्म नाजी तानाशाहीको मुख्य आधार बनेको थियो ।
हिटलरले समाजलाई नाजी आदर्शअनुरूप सञ्चालन गर्न थाले । विरोधी र यहुदी निजामती कर्मचारीलाई बर्खास्त गरियो । विरोधीलाई सांस्कृतिक र वैज्ञानिक ‘सफाइ’ पनि गरियो ।
यहुदी, वामपन्थी वा शान्तिवादी लेखकहरूले लेखेका पुस्तकहरू जलाइयो । विद्यमान सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइयो ।
सन् १९३३ को मध्यजुलाईदेखि जर्मनी एकदलीय राज्य बन्यो । यहुदीहरू हिंसा र उत्पीडनको निरन्तर सिकार भए । १ अप्रिल १९३३ मा सरकारले यहुदीविरुद्ध आधिकारिक कदम चाल्यो ।
यसले यहुदीका सम्पूर्ण उत्पादनहरूमा बहिष्कारको घोषणा ग¥यो । हिटलर निरंकुश सत्तामा आएपछि नाजीहरूले जर्मनीलाई तानाशाहीमा परिणत गरे ।
नाजीले आफ्ना कार्यहरूलाई वैधानिकताको झल्को दिन कानुनको सहायता लिए । हिटलरले देशलाई खोक्रो बनाएर लोकतन्त्र समाप्त गरेका थिए ।
एजेन्सी