मेष Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय त्यति राम्रो छैन, काममा अवरोध आउन सक्नेछ, व्यापार व्यवसायबाट हानी हुनेछ, यात्रामा सजगता अपनाउनुहोला ।
वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिवारका सदस्यहरुसँग अनावश्यक झैझमेला हुन सक्नेछ, पेटसम्वन्धी समस्या आउने छ, खानपानमा विशेष ध्यान दिनुहोला ।
मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साथीभाइ तथा परिवारबाट अपेक्षित साथ र सहयोग मिल्नेछ, प्रेममा सफलता मिल्ने छ, धन आर्जन गर्ने अवसर मिल्नेछ ।
कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नाक र घाँटीमा समस्या आउन सक्नेछ विचार पु¥याउनु होला, धन खर्च हुने योग छ, गर्न लागेका काममा अवरोध आउन सक्ने ।
सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचेअनुसार नै काममा सफलता प्राप्त गर्न सकिएला, शैक्षिक क्षेत्रमा सफलता मल्निेछ, स्वास्थ्यमा पनि सुधार हुँदै जानेछ ।
कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कुरा काट्ने तथा तपाईंको चियोचर्चो गर्ने धेरै हुनेछन्, मनमा एक प्रकारको नैराश्यता उत्पन्न हुनेछ, अध्ययनमा रुचि घट्नेछ ।
तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक उन्नति तथा प्रगति हुने दिन रहेको छ, इष्टमित्र तथा साथीभाइसँग भेटघाट हुनेछ । शत्रुपक्षलाई सजिलै पराजित गर्न सकिनेछ ।
वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनले आँटे ताकेका कामहरु पुरा गर्न सकिनेछ, पेशा तथा व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ, शत्रु पराजित हुनेछन् ।
धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा धार्मिक भावना प्रवल रहने देखिन्छ, अध्ययनमा भने त्यति रुचि जाग्ने छैन, सामाजिक कामका लागि समय खर्च गर्नुपर्ने हुन्छ ।
मकर Capricorn (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पठनपाठन र शैक्षिक कार्यमा त्यति राम्रो गर्न सकिने छैन, स्वास्थ्यसम्वन्धी समस्याले सताउनेछ, यात्रा गर्दा सावधानी अपनाउनुहोला ।
कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो,)
यात्रा तथा सवारीसाधनबाट फाइदा हुनेछ, मिष्ठान्न भोजन तथा आतिथ्य ग्रहण गर्न पाइनेछ, मन प्रशन्न र खुसी बन्नेछ ।
मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापार व्यवसायबाट फाइदा हुनेछ । साथीभाइसँग रमाइलो गरि दिन बित्नेछ, आर्थिक उपार्जनका क्षेत्रमा सफलता प्राप्त गर्न सकिनेछ ।