मेष Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पतिपत्नी बिचको आपसी सांठगाँठमा अवरोध आउन सक्नेछ, पेटमा वायु विकारले सताउनेछ, खानपानमा विशेष ध्यान दिनुहोला ।
वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारमा अनावश्यक झमेला आउन सक्नेछ, जलको तत्वको भय रहँदा सर्तक रहनुहोला, ढाड तथा कम्मरको समस्या देखिएला ।
मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ काम तथा रोजगारीको अवसर मिल्नेछ, प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ, सोचेअनुुसार नै तपाईं अगाडि बढ्नुहुनेछ ।
कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन मध्यम स्तरको रहनेछ, कमी कमजोरी बाहिर आउनाले समस्या पर्न सक्नेछ, योजनाभन्दा बाहिर धन खर्च हुन सक्छ ।
सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादनमा सहजता मिल्नेछ, पारिवारिक सम्बन्ध र मायाप्रेम कसिलो हुनेछ, बौद्धिक क्षेत्रमा अपेक्षित सफलता प्राप्त गर्न सकिनेछ ।
कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बहुमूल्य सामान चोरी हुने वा हराउन सक्नेछ, परिवारमा बेमेलको स्थिति सिर्जन हुन सक्नेछ, ठूलो लगानी गर्न उचित समय छैन ।
तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा रहेका इच्छा र आकांक्षा पूरा हुनेछ, शैक्षिक एवं प्रविधिको क्षेत्रमा उन्नति तथा प्रगति गर्न सकिएला, आर्थिक लाभको समय छ ।
वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दामामिलामा सफलता मिल्ने योग छ, मनमा अहंकार बढ्नाले दुराचारको भावना जाग्रित हुन सक्नेछ, खराब संगतदेखि टाढा बस्नुहोला ।
धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वैदेशिक यात्राको सम्भावना छ, सरकारी पक्ष तथा मुद्दामामिलामा अवरोध आउन सक्नेछ, कार्यक्षेत्रमा सजगत र सतर्क रहनुहोला ।
मकर Capricorn (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
यात्रा तथा प्रवासमा कष्ट हुने योग छ, वायुविकार तथा पेटजन्य समस्या आउन सक्नेछ, सोचेअनुसार काम नबन्दा दिक्क लाग्न सक्छ ।
कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शैया सुख मिल्नेछ, अध्ययन तथा अध्यापन क्षेत्रमा सोचेअनुसार नै सफलता प्राप्त गर्न सकिएला, यात्राको सम्भावना रहेको छ ।
मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
छोटो दुरीको यात्रा हुन सक्नेछ, उत्तम वस्त्र उपहार प्राप्तिको योग बनेको छ, विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ ।