मेष Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, विपरित लिंगीबाट सहयोग मिल्नेछ, आफूले सोचेअनुसार नै काम हुनेछ ।
वृष Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मध्यान्नबाट बन्न लागेको काम अकस्मात अवरोध आउन सक्ने, केलुकी पख खटपटको सम्भावना छ, बोल्दा ध्यान दिनुहोला ।
मिथुन Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
रिस गर्नेहरुले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ, दिनको उत्तरार्ध सुखद रहनेछ, साथीभाइसँग भेटघाटमा रमाइनेछ ।
कर्कट Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खानपानको सोखले स्वास्थ्य प्रतिकुल बन्न सक्नेछ, विश्वास गरेका बाटै धोका हुन सक्छ, स्वास्थ्यमा केही समस्या आउन सक्नेछ ।
सिंह Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेदेखि रोकिएर बसेका काम बन्दै जानेछन्, मध्यान्नबाट कार्य क्षेत्रमा प्रगति गर्न सकिएला, शैक्षिक कार्यमा विशेष सफलता मिल्नेछ ।
कन्या Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
महत्वपूर्ण कार्यको व्यवस्थापन गर्नुपर्ने हुन सक्छ, अनाव्श्यक कार्यका लागि धन खर्च हुनेछ, आम्दानीभन्दा खर्च बढी हुनेछ ।
तुला Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ, सामाजिक कामको दायित्व बढ्नेछ, कार्यक्षेत्रमा कुशलतापूर्वक प्रगति गर्न सकिनेछ ।
वृश्चिक Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाईंको मेहनतले गर्दा आर्थिक पक्ष सदृढ हुंँदै जानेछ, धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ, बन्धुबान्धवबाट सहयोग मिल्नेछ ।
धनु Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अरुका लागि बुद्धि र समय खर्चनुपर्ने छ, व्यापार व्यावसायमा सामान्य लाभ हुनेछ, गर्न लागेका काममा ढिलासुस्ती हुन सक्नेछ ।
मकर Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना छ, बन्न लागेको काममा पनि व्यवधान आउन सक्ने, सचेत रहनुहोला ।
कुम्भ Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
विद्या तथा बुद्धिको प्रयोगले गर्दा काममा सहजता आउनेछ, इच्छा र आकांक्षा पूर्ण हुनेछ, चिताएको कामले तीव्रता लिनेछ ।
मीन Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
पहिलेदेखि रोकिएका काममा प्रगति हुँदै जानेछ, विद्या तथा बौद्धिका कार्यमा सफलता मिल्नेछ, दिनको उत्तरार्ध सुखद रहनेछ ।