मेषः उद्योग, व्यापा,र व्यवसायमा सामान्य लाभ रहनेछ, सामाजिक दायित्व निर्वहा गर्दा सोचेभन्दा बढी खर्च बढ्न सक्नेछ ।
वृषः विगतका समस्या बल्झिन सक्नेछन्, कार्यक्षेत्रमा पहिलाका कार्यलाई पुनः गर्नुपर्ने हुन सक्छ, धैर्यतापूर्वक काम गर्नुहोला ।
मिथुनः व्यापार व्यवसायमा सफलता पाइनेछ, प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ, स्वास्थ्यमा ध्यान दिनुहोला ।
कर्कटः अरूको मुख नताकी सही निर्णय लिनसके थप अवसर प्राप्त हुनेछ, व्यापार व्यवसायमा गोपनियताको ख्याल राख्नुहोला ।
सिंहः आश मारेको काम बन्नाले उत्साह जाग्नेछ, शैक्षिक एवं सामाजिक क्षेत्रमा सन्तुष्टि मिल्नेछ, आत्मिक सुखशान्ति प्राप्त हुनेछ ।
कन्याः व्यर्थैमा वादविवादमा परिने समय छ, व्यापार व्यवसायमा चनाखो हुनु राम्रो पक्ष हुनेछ, अरुको विश्वासमा काम नगर्नुहोला ।
तुलाः सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ, जागिरमा प्रशंसा पाइने दिन रहेको छ, वैदेशिक क्षेत्रका काममा सफलता प्राप्त हुनेछ ।
बृश्चिकः आत्म विश्वास उच्च रहनेछ, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ, परिवारको सहयोगले काम सजिलै सम्पादन हुनेछ ।
धनुः कृषिक्षेत्रमा राम्रो पक्ष हुनेछ, शैक्षिक क्षेत्रमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर देखिन्छ, आर्थिक पक्ष सवल रहनेछ ।
मकरः आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, समयमा निर्णय नलिनाले नोक्सानको आशंका रहनेछ ।
कुम्भः वित्तीय क्षेत्रबाट कर्जा लिन सजिलो हुनेछ, विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ, समय मध्यम रहला ।
मीनः खर्चको मात्रा बढ्ने देखिन्छ, अवसरवादीहरूबाट सावधान तथा सचेत रहनुहोला, प्रतियोगी परीक्षामा सफलता मिल्नेछ ।