बागलुङ । राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाको प्रथम नगर सम्मेलन २०७५ असोज १३ गते कुश्मिसेरा बजारमा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद तथा प्रदेश मामिला सभापति माननीय कृष्ण थापाले उद्धघाटन गर्नु भयो । कार्यक्रमको अध्यक्षता ठाकुर शर्माले गर्नु भएको थियो।
शुभकामना मन्तव्य व्यक्त गर्दै माननीय थापाले भन्नु भयो “अहिले विभिन्न तहका सरकार सञ्चालनको नाममा अनावश्यक कर बृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । यसको मुख्य कारण संघीयता नै हो । संघीयता खारेजीको विकल्प नभएको बताउनु भयो ।” स्थानिय तहको विकाश बजेट कटौती गरिएको प्रसंङ्गमा भन्नु भयो एकातिर स्थानिय तहको विकाश बजेट कटौती गरिएको छ भने अर्कातिर सिमित बजेटमा पनि अनियमितता हुने गरेको छ । पारदर्शी छैन । पालिकाको आवश्यकता भन्दा पनि नेतृत्वको चाहना अनुकुल परिचालन हुने गरेको छ । यसले जनता र मुलुकलाई हित गर्दैन । यस्ता कार्यको सरकारले अनुगमन र नियन्त्रण गर्दै स्थानिय तहको विकास बजेट बृद्धि गर्न माग गर्नु भयो ।

सम्मेलनमा सफलताको शुभकामना दिने अथितिहरूमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर बहादुर थापा लगायत हुनुहुन्थ्यो । कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल किसान संघ बागलुङका सचिव बिरेन्द्र थापा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य डिल बहादुर श्रीस, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य लाल बहादुर पुन, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष रुद्रा कुमारी के.सी., अखिल नेपाल युवक संघ बागलुङका सचिव बिरेन्द्र थापा, अखिल छैठौं बागलुङका उपाध्यक्ष कृष्णा थापा सहभागी हुनुभएको थियो।
उद्धघाटन पुर्व टिमुरे खोलाबाट नारा, जुलुश, पञ्चेबाजा सहितको ¥याली कुश्मिसेरा बजार हुँदै शान्ती मा.बि.को प्राङगणमा पुगी उद्धघाटन समारोहमा परिणत भएको थियो ।
सम्मेलनले डिल बहादुर श्रीसको अध्यक्षतामा १७ जनाको पुर्ण र ८ जनाको बैकल्पीक गरी २५ सदस्य समिति र २ जना सल्लाहकार चयन गरेको छ । जसको उपाध्यक्षमा डिल कुमारी श्रीस, सचिव ठाकुर शर्मा, सहसचिव गोबिन्द शर्मा, कोषाध्यक्ष शान्तकला शर्मा र सदस्यहरुमा चन्द्र बहादुर के.सी., रघुनाथ पौडेल, शिव शर्मा, लिलादेबि शर्मा, विष्णुकली दर्जी, मिना राना थापा, राम बहादुर मल्ल, सालीकराम सापकोटा, सुर्य बहादुर पुन, रीता राना, नारायण पौडेल, नर बहादुर थापा बैकल्पीक सदस्यहरुमा भागिन्द्र कुमार थापा, खिम बहादुर परियार, टिका आचार्य, कुमारी नेपाली, कल्पना बि.क, चुडामणि शर्मा र गोपाल पौडेल साथै सल्लाहकारमा मेघराज आचार्य र बालकृष्ण शर्मा रहनु भएको छ ।
सम्मेलनले सदस्यता बितरण, आर्थिक अभियान, वडा स्तरीय भेला प्रशिक्षण सम्पन्न गर्ने साथै ०७५ मंसीर २१ र २२ गते गल्कोट हटियामा सम्पन्न हुने छैठौं जिल्ला सम्मेलन भव्य रुपले सफल पार्ने निर्णय समेत गरेको छ ।