काठमाडौं : नेपाल आयल निगम सम्बद्ध ढुुवानीकर्ताले नियमित ढुवानीमा अवरोध गर्दा राजधानीमा इन्धन अभाव सुरु भएको छ। ढुवानीकर्ताले मंगलबारदेखि ट्यांकर सञ्चालनम अवरोध गरेपछि इन्धन अभाव सुरु भएको हो।
यो विषयमा नेपाल आयल निगमले गम्भीर ध्यानाकर्षण भएको बताए पनि सरोकारवालाले निगमलाई जानकारी नै नगरी इन्धन आयतमा अवरोध गरेको छ ।
चालक र ढुवानीकर्ताले दुई दिनदेखि भारतबाट नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धन अभाव देखिएको हो।
चालक र ढुवानीकर्ताको अवरोधले देखिएको इन्धन अभावको समस्या समाधानका विषयमा आयल निगममा अहिले छलफल भइरहेको प्रवक्ता वीरेन्द्रकुमार गोइतले बताएका छन् ।
केही समयअघि मात्र निगमको ढुवानी सम्झौतमा रहेका ट्यांकका चालकले उठाएका मागको निगमले सम्बोधन गरेको थियो । निगमले चालकको तलब भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी सोही बमोजिम पेट्रोलियम पदार्थको नियमित आपूर्ति सहज बनाउने सहमति गरेको भए पनि फेरि चालकले सम्झौता तोडेपछि इन्धन अभाव सुरु भएको हो।
‘ढुवानीकर्ताका जायज मागका विषयमध्ये भारतमा लाग्ने टोल ट्याक्स, सरकारी शुल्क र ट्यांकर लकिङ फिटिङलगायत खर्चलाई समय अनुकुल बनाउनुपर्ने विषयमा निगम सकारात्मक रहेको र वैज्ञानिक ढुवानी भाडामा सामायोजन गरिसक्दा पनि विभिन्न बाहनामा पेट्रोलियम पदार्थको आपूतिमा निगम एवम् आम उपभोक्तालाई अप्ठेरो पर्ने गरी कार्य भएकोप्रति निगमले आपत्ति जनाएको छ ।
निनगमले माग सम्बोधन भइसकेको भन्दै चालक र ढुवानीकर्तालाई तत्काल आपूर्ति सहज र सरल राख्न आग्रह गर्दै तत्काल ढुवानी सहज नबनाए ढुवानी सम्झौता खारेजसम्मको चेतावनी दिएको छ ।