काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले अदिवासी तथा जनजाति विभाग तथा कर्णाली प्रदेशका पदाधिकारी तथा सदस्य मनोनीत गरेका छन् ।
पार्टीकाे विधान बमोजिम अध्यक्ष थापाले दुवै विभागलाई पूर्णता दिएकाे प्रचार विभाग प्रमुख माेहन श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
अध्यक्ष थापाले कर्णाली प्रदेशका अध्यक्ष धन बहादुर बुढाको सिफारिसमा कर्णाली प्रदेशको उपाध्यक्षमा सूर्य बहादुर खत्री (सुर्खेत), सचिवमा जनक सिंह ठकुरी (सुर्खेत), सदस्यहरुमा भिम बहादुर खड्का (सुर्खेत), पद्म बहादुर मल्ल (मुगु), भवानी प्रसाद न्यौपाने (जुम्ला), छापे ऐडी (हुम्ला), नरेन्द्र जंग शाह (रुकुम पश्चिम), देवी प्रसाद शर्मा (जाजरकोट), दल बहादुर सुनार (जुम्ला), अगंत देवकोटा (जुम्ला), रत्नलाल भण्डारी (सल्यान), बालाराम शर्मा (सल्यान), शिला बुढाथोकी (सल्यान), तेज बहादुर शाही (कालिकोट) , कृष्ण प्रसाद पाण्डे (कालीकोट), खड्ग बहादुर चन्द (दैलेख), महालक्ष्मी शाही (दैलेख), अन्जु बस्याल (सुर्खेत), सन्तोषी शाही (सुर्खेत), अमृत राना मगर (सुर्खेत), भुवन सिंह रामजाली (सुर्खेत) लाई मनोनयन गरेका हुन् ।
यस्तै आदिवासी तथा जनजाति विभागका प्रमुख लालध्वज लामाको सिफारिसमा बिभागको सदस्य सचिवमा सन्तलाल मेचे (झापा), सदस्यहरुमा द्रोण बहादुर गुरुङ्ग (स्याङ्गजा), रिता माझी (रामेछाप), सरस्वती लामा ह्याल्मो (धादिङ्ग), शालिग्राम माझी (सिन्धुली), टुल बहादुर खाडा मगर (सुर्खेत), नयन बहादुर मोक्तान (सिरहा), अशोक सुब्बा (झापा), धुव्र बहादुर गुरुङ्ग (कास्की), छुमरु सरदार थारु (मोरङ्ग), मित्र बहादुर घर्ति (कैलाली), नुरज बज्राचार्य (काठमाण्डौं), अम्बर तामाङ्ग (नुवाकोट) लाई मनोनयन गरेका छन् ।