काठमाडौं – ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सादा पोसाकका खटिएको प्रहरीले उनलाई चाबहिलबाट पक्राउ गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन घरबाट निस्कने बित्तिकै उनलाई प्रहरीले पक्राउ गरेको ग्रेटर नेपाल अभियानकै एक सदस्यले राष्ट्रिय समाचारलाई बताए ।
ग्रेटर नेपालको अभियान चलाउँदै आएका नेपाललाई भारतीय प्रधानमन्त्री मोदी नेपाल आउदा यस भन्दा अघि पनि प्रहरीले पक्राउ गर्दै आएको थियो।
यस अघी पनि मोदी नेपाल आउँदा नेपाललाई प्रहरीले त्रिभुवन विमाल स्थलबाट नै पक्राउ गरेको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागी भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज नेपालमा आउनु राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता विरुद्ध भएको भन्दै उनले कालो झण्डा देखाएर विरोध गर्ने बताएका थिए ।
नेपालले मोदीले अझै नाकाबन्दीको लागि नेपालीसित माफी नमागेको भन्दै विरोध समेत गर्दैआएका छन् ।
भारती सेनाको कमाण्डो गुपचुप रुपमा काठमाडौं आएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको विषयलाई समाजिक संजालदेखि सञ्चार माध्यममा व्यापक विरोध भइरहेको छ ।
बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ । भारतबाट भने वरिष्ठ अधिकृतकै कमान्डमा फौज आएको हो ।
सैनिक कमाण्डो सम्मेलन स्थल सोल्टी होटल, डिनर स्थल हायात तथा पाहुनाको आवागमन स्थल वरपर तैनाथ भएका छन् ।