काठमाण्डौ । काठमाण्डौको हिकाष्ट कलेजको कम्पाउण्ड हिलाम्य भएपछि राप्रपा निकट विद्यार्थी संगठन लगायतले विरोध स्वरुप कलेजको कम्पाउण्डमा धान रोपेका छन्।
कलेजको कम्पाउण्डमा बर्षाको समयमा पानी जम्ने र हिलाम्य हुने समस्या रहेको कारण पटक पटक प्रशासनलाई भन्दा समेत वेवास्ता गरेकाले विरोध स्वरुप कम्पाउण्ड्मा धान रोपेको राप्रपा निकट विधार्थी संगठन हिकाष्ट कलेज एकाईका कार्यवाहक अध्यक्ष प्रगति गौतमले राष्ट्रिय समाचारलाई बताए ।
उनले भने “हामीलाई कक्षा कोठामा समेत जान अप्ठेरो छ तर कलेजले समय समाधानको लागी केहि गर्दैन, तसर्थ हामी विरोध गर्न बाध्य भएका हौं ।" अब पनि कलेज प्रशासनले समस्या समाधान नगरे कडा रूपमा प्रस्तुत हुने गौतमले बताए ।
विरोध कार्यक्रममा अन्य विधार्थी संगठनको समेत सहभागीता रहेको थियो ।