काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम प्रचार तथा आर्थिक विभागमा सदस्यहरु मनोनयन गरेका छन्।
राप्रपाका प्रचार विभागका प्रमुख मोहन श्रेष्ठको सिफारिमा प्रचार विभागमा अध्यक्ष थापाले सदस्यहरुलाई मनोनयन गरेका हुन् । अध्यक्ष थापाले सदस्यमा दिनेश साह, वि.एन. दाहाल , सुजित के.सी., सूर्य बास्तोला, इरसाद आलम , खगेन्द्र सापकोटा, शशि भण्डारी, लिला अनमोल, प्रदिप दाहाल , राधिका जोशी, दिप के.सी, प्रेम वि.सीलाई मनोनयन गरेका छन्।
त्यसैगरी राप्रपाको आर्थिक विभागका प्रमुख उद्धव पौडेलको सिफारिस अनुसार आर्थिक व्यवस्थापन समितिको सदस्यहरुमा चन्द्र बहादुर गुरुङ, तिर्थराज चटौत, पुष्कर ढुङ्गेल, सुनिता कुरुम्बाङ्ग, निना भेटवाल, विष्णु बजगाई, शैलजा पाण्डे र सदस्य सचिवमा विशेश्वर शर्मा सुवेदीलाई मनोनयन गरेका छन् ।