काठमाडौँ । यही चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके चरम विवादास्पद व्यक्ति दुर्गा प्रसाईं इन्डियाबाट पक्राउ परेका छन् ।
तर, नेपाल प्रहरी भने पक्राउको आधिकारिक सूचना बाहिर ल्याएको छैन । नेपाल प्रहरीको सक्रियतामा प्रसाईं पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार उनी इन्डियाको असाम राज्यबाट पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।
धर्म, जात, सम्प्रदाय, वर्ग र उचनीचका नाममा नेपालको सामाजिक सद्भाव खल्बल्याउन प्रसाईं उपयोग भइरहेको प्रहरीले प्रमाण फेला पारेको छ ।
तीनकुनेको हिंसात्मक प्रदर्शनमा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।
त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट अनेक अन्टसन्ट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
यसअघि विभिन्न आपराधिक मुद्दामा दुई पटक पक्राउ परिसकेका प्रसाईं नेपालमा हिंसालाई प्रोत्साहन गर्न र विपन्न वर्गलाई उचाल्ने एक चरम विवादित व्यक्ति हुन् ।