काठमाडौँ । सिंगापुर विमानमा एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका इन्डियन यात्रीले जेल सजाय पाएका छन् ।
अस्ट्रेलियाको पर्थबाट सिंगापुरतर्फ जाने क्रममा सिंगापुर एयरलाइन्सको विमानमा रजत नाम गरेका २० वर्षीय यात्रीले एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेका थिए । रजत इन्डियन धार्मिक व्यक्ति हुन् ।
२८ फेब्रुअरीका दिन उक्त घटना भएको बताइएको छ । ती यात्रीले आफूलाई पछाडिबाट समातेर शौचालयतर्फ धकेलेको एयर होस्टेसको आरोपपछि मुद्दा चलेको थियो ।
ती एयर होस्टेसलाई अर्का एक यात्रीले रजतको चङ्गुलबाट बचाइएको थियो ।
उक्त विमान अवतरण हुनासाथ आरोपित यात्रीलाई नियन्त्रणमा लिइएको थियो । आरोपित यात्रीले आफ्नो कसुर स्वीकार गरेको र उनलाई न्यायिक सुनुवाइपछि तीन साताको जेल सजाय तोकिएको जनाइएको छ ।
इन्डियामा महिला, युवती र किशोरी बाहिर निस्कन सक्दैनन् । विभिन्न धार्मिक व्यक्तिहरु यौन दुर्व्यवहार गर्दै आएका छन् ।
तेस्रो मुलुकमा बसेका इन्डियनहरुको असभ्य, अनैतिक, घृणित र फोहोरी चरित्रका कारण विभिन्न मुलुकहरुका सुरक्षा अधिकारीहरुले इन्डियन मूलका मानिसहरुमा निगरानी बढाएका समाचारहरु सार्वजनिक भइरहेका छन् ।
इन्डियाका सबैभन्दा असुरक्षित र खतरनाक राज्य उत्तर प्रदेश, बिहार, मध्यप्रदेश मानिन्छ । सन २००५ देखि हालसम्मको तथ्यांक अनुसार, हरेक वर्ष हरेक स्थानमा बलात्कारका घटना चौपट बढिरहेका छन् ।
आफ्नो क्षमताले भ्याउने परिवारका अभिभावकहरुले छोरीको सुरक्षाका लागि तेस्रो मुलुक अध्ययन र रोजगारमा पठाउने क्रम निकै तीव्र भइरहेको छ ।
इन्डियाका यी क्षेत्रमा धर्मका नाममा हुने अनेक गतिविधिले महिला स्वतन्त्रता र सुरक्षा निकै कमजोर रहेको छ ।
एजेन्सी