काठमाडौँ । राजतन्त्र पुनःस्थापनाको माग गर्दै उर्लिएको भीड अहिले चक्रपथ सडक भरिएको छ ।
गौशालादेखि कोटेश्वरसम्म, बत्तिसपुतली हुँदै सिनामंगलका सडकहरु पुरै भरिएका छन् ।
आज बिहानैदेखि राजतन्त्र पक्षधरहरु सडकमा ओर्लिएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि विमानस्थलमा प्रदर्शन गर्ने भनिएपनि अहिले भीड राजतन्त्र पुनःस्थापना हुनैपर्ने माग लिएर नाराबाजीमा उत्रेको छ ।
शान्तिसुरक्षा कायम राख्न प्रहरी तैनाथ छन् । प्रहरी बाहेक नेपाली सेनालाई अलर्टमा राखिएको छ । सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरादेखि चार्टड विमानबाट काठमाडौँ आउने सूचना छ । अझै प्रदर्शनकारी जम्मा हुने क्रम जारी छ ।
राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न संस्थाहरु यो आन्दोलनमा सहभागी छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विमानस्थल पुगिसकेका छन् ।
विमानस्थल बाहिर ठुलो संख्यामा प्रदर्शनकारीहरु उत्रिएका छन् । प्रदर्शनकारीहरुले गणतन्त्र, सरकार, प्रधानमन्त्री र वर्तमान सत्ताको विरोधमा नाराबाजी गरिरहेका छन् ।