काठमाडौँ । आज २०८१ साल फागुन ५ गते सोमबार माघ शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १७ तारिख ।
मेष : आफ्नो काममा निरन्तर मिहिनेत गर्नुपर्नेछ । आफन्त र साथीले सहयोग गर्नेछन् ।
वृष : दिन राम्रो छ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ ।
मिथुन : विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कर्कट : बोलीको प्रभाव बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।
सिंह : लगानीका क्षेत्रबाट फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ ।
कन्या : स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ । फुर्सदमा परिवारसहित घुमघाममा निस्कन पाइने छ ।
तुला : व्यापारमा फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।
वृश्चिक : सहकर्मीले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।
धनु : शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्ने छ । वैदेशिक रोजगारीका लागि भिसा लाग्ने दिन रहेको छ ।
मकर : बिहान पिपलको दर्शन गरेमा मन शान्त रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कुम्भ : सानो कुरामा झन्झट नमानी काम गर्दा सफल हुनेछ । सङ्कटमा परिवारको सहयोग प्राप्त हुनेछ ।
मीन :धार्मिक यात्राका लागि अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।