काठमाडौँ । आज २०८१ साल फागुन ३ गते शनिबार माघ शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १५ तारिख ।
मेष : परिवारको साथमा धार्मिक यात्रा तय हुनेछ । सोचेर बोल्दा काम बन्नेछ ।
वृष : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने समय आएको छ । सहकार्यको व्यवसायबाट फाइदा हुनेछ ।
मिथुन : आफन्तसँग मनका कुरा खुलेर साटेमा मन शान्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ । राजनीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने बेला छ ।
सिंह : सोचेको काम बन्नेछन् । अभिभावकको सल्लाह लिएर अगाडि बढेमा सफलता मिल्नेछ ।
कन्या : स्वास्थ्यमा सुधार आउनेछ । रोजगारीका लागि बिदेशको भिसा लाग्दा मनमा उत्साह बढ्नेछ ।
तुला : सम्बन्ध जोड्नका लागि आफन्तहरू सल्लाह गर्न आउनेछन् । यो राशि हुनेहरूका लागि आज रातो पहिरन शुभ रहेको छ ।
वृश्चिक : धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु उचित हुनेछ । परिवारको साथमा समय बिताउँदा मन शान्त बन्नेछ ।
धनु : आज लामो यात्रामा नजानु नै राम्रो हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजनाहरू बनाउँन सहयोग मिल्ने दिन छ ।
मकर : साथीभाइले सङ्कटमा साथ दिनेछन् । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम रहेको छ ।
कुम्भ : आज कला र गलाको प्रदर्शन गर्ने दिन छ । लामो समयदेखि गरेको कामबाट मान र सम्मान प्राप्त हुनेछ ।
मीन : घरमा पाहुनाको आगमन हुनेछ । परिवारमा रमाइलो गरि दिन बिताउँदा मन शान्त रहनेछ ।