काठमाडौँ । आज २०८१ साल फागुन २ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १४ तारिख। प्रणय दिवस ।
मेष : प्रेम सम्बन्ध प्रगाढ बन्ने दिन रहेको छ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
वृष : धन आर्जन हुने योग छ। धेरैपछि मिल्ने साथीसँग भेट हुनाले मन प्रसन्न रहने छ ।
मिथुन : पारिवारिक सुख मिल्नेछ। घुमफिरमा जादा नयाँ योजनाहरु बन्नेछन् ।
कर्कट : बिहानै धार्मिक कार्यबाट दिनको सुरुवात गर्दा राम्रो हुनेछ । आर्थिक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त होला
सिंह : सोचेका कार्यमा ढिलाइ भए पनि पूरा हुने छ । विदेश यात्रामा निस्कदा आफ्नो समानको ख्याल गर्नुहोला ।
कन्या : मिठो बोलीका कारण रोकिएका कामहरू अघि बढ्नेछन् । साँझ मनोरञ्जनमा सहभागी हुने दिन रहेको छ ।
तुला : धातुको व्यवसायमा फाइदा होला । विशिष्ट व्यक्तिको सहयोगले पुराना कामहरु सम्पन्न हुनेछन् ।
वृश्चिक : आफन्तको साथ- सहयोगमा आटेका कामहरू पुरा हनेछन् । काम गर्दा आत्मबल भने बढाउनुपर्ने छ ।
मकर : अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरे पनि कार्य सफल हुनेछन् । परिवारको साथ र सहयोग मिल्ने छ ।
कुम्भ : सोचेको ठाउँबाट धन प्राप्त हुनेछ । चिताएको काम पुरा हुने दिन रहेको छ ।
मीन : पुराना मित्रजनसँग भेटघाट हुनसक्छ । काम गरिरहेको कार्यलयमा प्रशंसा मिल्नेछ ।