काठमाडौँ । आज २०८१ साल माघ २२ गते मङ्गलबार माघ शुक्ल पक्षको षष्ठी उपरान्त सप्तमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी ४ तारिख। विश्व क्यान्सर दिवस।
मेष : सेवा गर्ने अवसर मिल्नेछ । सञ्चित धन खर्च हुने जोखिम रहेकाले सचेत रहनुहोला ।
वृष : आफूले गर्न लागेका योजनाबारे परिवारभित्र नभनेकै राम्रो । गणेशको पुजा गरेमा दिन सहज बन्नेछ ।
मिथुन : परिवारमा सुखशान्ति मिलेपनि साना कुराले मन अशान्त बन्ला । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ।
कर्कट : विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ । आज साथीभाइबाट धोका हुने जोखिम रहेको छ ।
सिंह : राजनीतिक व्यक्तिसँगको भेटमा सचेत भएर अगाडि बढ्नुहोला । स्वास्थ्यका लागि खानपानमा ख्याल गर्नुपर्नेछ ।
कन्या : शिक्षामा गरेको प्रयास सफल बन्नेछ । ढाटेर कतै जातै हुनुहुन्छ भने परिवारको निगरानीमा पर्ने दिन छ ।
तुला : गर्न लागेका काममा परिवारबाट उचित सुझाव प्राप्त हुनेछ । सफलताले मनमा उत्साह मिल्नेछ ।
वृश्चिक : निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । नयाँ ठाउँमा लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ ।
धनु : सहकर्मीसँग आज थोरै बोल्नु उचित देखिन्छ । परिवारमा कुनै सदस्य आज वैदेशिक रोजगारीमा जाने दिन छ ।
मकर : परिवारसँग रमाइलो गरेर दिन बिताउने समय रहेको छ । लगानी गर्दा धेरै पटक सोच्नुपर्ने छ ।
कुम्भ : सहकर्मीबाट उचित सल्लाह पाउने योग छ । बिहान उठेर पिपलको बोटमा पानी चढाउँदा उत्तम हुनेछ ।
मीन : अरुका कुरा सुन्नु भन्दा आफ्नो काम खुरुखुरु गर्नु उचित हुनेछ । परिवारको सुझाव अनुसार काम गरेमा फाइदा हुनेछ ।