काठमाडौँ । आज २०८१ साल माघ २० गते आइतबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। विश्व सिमसार दिवस। तदनुसार सन् २०२५ फेब्रुअरी २ तारिख।
मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ ।
वृष : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
मिथुन : आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभारम्भको चर्चा चल्नेछ ।
कर्कट : आजको दिन भाग्यशाली रहेको छ । शिक्षामा सफलता मिल्नेछ ।
सिंह : लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कन्या : सभा समारोहमा सहभागि हुने दिन छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
तुला : आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्नेछ । साँझमा राम्रो खबर पाइनेछ ।
वृश्चिक : नयाँ समाचारले मनमा शान्ति छाउनेछ । छोटो दुरीको यात्रा लाभदायक रहनेछ ।
धनु : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।
मकर : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा निक्कै मेहनत गर्नुपर्नेछ ।
मीन : आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जानेछ ।