काठमाडौँ । आज २०८१ साल माघ १८ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जनवरी ३१ तारिख।
मेषः अप्रिय शब्दले मन पोल्नसक्छ। आफूभन्दा ठूला व्यक्तिको सुझाव लिएर अगाडि बढेमा फाइदा हुनेछ।
वृषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
मिथुनः मन शान्त पार्न शास्त्रको अध्ययन गर्नुपर्ने हुन्छ। गुरुसँगको परामर्शको साथमा अगाडि बढेमा सफलता मिल्नेछ।
कर्कटः उपचारको क्रममा भए सुधारका सङ्केत देखिनेछन्। दाम्पत्य जीवन सहज बन्नेछ।
सिंहः एकल लगानी भन्दा संयुक्त लगानीमा फाइदा हुने योग छ। कर्तव्य पूरा गर्ने ढङ्गले अगाडि बढेमा दिन सहज बन्नेछ।
कन्याः विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।
तुलाः अचानक धन खर्च हुनेछ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। विपक्षीले आज तपाईंको प्रशंसा गर्नेछन्।
वृश्चिकः निजी निर्णय गर्नु भन्दा साथीसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। सानो कुराले स्वास्थ्यमा समस्या हुनसक्छ।
धनुः रोगसँग लड्ने क्षमता बढ्नेछ। थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ। साथीको साथमा काम बन्नेछ।
मकरः मनमा शान्ति हुनेछ। दैनिक काम सफल बन्नेछ। बिहानै पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
कुम्भः सञ्चित धनको खर्च हुनेछ। सानो विषयमा परिवारभित्र झगडा हुनसक्छ। मन शान्त राख्नुपर्ने छ ।
मीनः दिन सामान्य राम्रो छ। गुरुको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। बोल्दा सचेत बन्नुपर्नेछ।