काठमाडौँ । आज २०८१ साल पुस १४ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर २९ तारिख। पौष कृष्ण पक्षको चतुर्दशी तिथि।
मेषः हरेक काममा बाधा र अवरोध हुन सक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ।
वृषः मनमा खुशी मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। थोरै लगानी गरे पनि फाइदा हुनेछ । विपक्षी शान्त बन्नेछन्। अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ।
मिथुनः अनुत्पादक क्षेत्रमा खर्च हुँदा मन अशान्त बन्नेछ। धार्मिक र बौद्धिक साथीले असहयोग गर्नेछन्। लगानी गर्दा सचेत बन्नुपर्नेछ। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ।
कर्कटः थालेका काममा बाधा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।
सिंहः परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ। हरेक काममा स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ।
कन्याः बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
तुलाः गला र कलाको प्रशंसा हुनेछ। आम्दानी बढ्नेछ। विपक्षी साथीले साथ दिनेछन्। परिवारमा भने तपाईंको कुरा नबिक्ने जोखिम छ।
वृश्चिकः साथीभाइले साथ दिनेछन्। दैनिकी सुचारु गर्न हिम्मत गर्नुपर्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।
धनुः कृषि क्षेत्रको कर्ममा सफलता मिल्नेछ। नयाँ योजना बनाउने दिन हो। शिक्षाको क्षेत्रमा गरेको लगानीमा भने ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
मकरः साना कुराले मनमा चिन्ता बढ्नेछ। ठूला योजनामा हात नलगाउनु राम्रो हुनेछ। स्वास्थ्यले राम्रो साथ दिएकाले मनमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भः सानो कुराले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा मन शान्त बन्नेछ।
मीनः मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। श्रम र मेहनतलाई प्राथमिकतामा राखेर अगाडि बढेमा दिन सहज बन्नेछ।