काठमाडौँ । आज २०८१ साल पुस १० गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर २५ तारिख। पौष कृष्ण पक्षको दशमी तिथि। क्रिसमस डे। न
मेषः थालेका काम सफल हुनेछन्। मन खुशी हुनेछ। राजनीतिक तहमा अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृषः रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। मन प्रसन्न रहनेछ। खानपानमा गढबढी हुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
मिथुनः राज्यको सेवामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी शान्त भएकाले काम बन्नेछ। परिवारमा भने सानो कुराले मनमुटाब बढ्नेछ।
कर्कटः दिन सामान्य छ। आफूले गर्दै गरेको कारोबारमा अवरोध सिर्जना हुनसक्छ। साथीले नै असहयोग गर्ने जोखिम बढ्नेछ। सामूहिक काममा फाइदा हुनेछ।
सिंहः साथीसँगको भेटले मनको कुण्ठा कम हुनेछ। आफूभन्दा ठुलासँग लिएको सल्लाहले काम सार्थक बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्याः नियमित काम गर्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। प्रयास गरेमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ।
तुलाः मनमा उत्साह बढ्नेछ। अरुको काम गर्दा आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने दिन छ। अग्रज व्यक्तिसँगको छलफलले फाइदा हुनेछ।
वृश्चिकः सञ्चित धन खर्च हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नसक्ने जोखिम छ। दैनिकी सहज छ। ठुला कामको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनेछ।
धनुः आम्दानीको दृष्टिले दिन अब्बल छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। परिवारले भन्दा बाहिरका साथीले साथ दिनेछन्।
मकरः दैनिक काम सहज बन्नेछ। वैदेशिक लगानीबाट मन उत्साहित बन्नेछ। राजनीतिक सहकर्मीले साथ दिनेछन्। परिवारभित्र मनमुटाब बढ्ने भएकाले थोरै बोल्नु फाइदा हुनेछ।
कुम्भः सानो कुराले सताउन सक्छ। धार्मिक कार्यमा संलग्न भएमा मन शान्त बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मीनः सुरुवाती साढेसाती दशाले गर्दा मनमा खटपटी बढ्नेछ। गणेशको दर्शन गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।