काठमाडौँ । आज २०८१ साल मंसिर २० गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर ५ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चौथी तिथि।
मेषः गरेको प्रयास सफल हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सङ्कटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
वृषः स्वदेशमा रोजगारीका विकल्प भेटिनेछन्। ठूला उद्योगको सुरुवात गर्नुभन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुनेछ।
मिथुन: बाहिर बस्दा खुशी भए पनि घरभित्र मन अशान्त हुनसक्छ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ।
कर्कटः बिहान धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण भएकाले मन खुशी हुनेछ।
सिंहः साथीभाइसँगको सहकार्यमा घाटा हुनेछ। बिहान उठेर सूर्यलाई अर्घ दिएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।
कन्याः मन खुशी हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ
तुलाः जाडोबाट बच्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढेमा काम सहजै बन्नेछ। परिवारले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्।
वृश्चिक: थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।
धनुः मनमा भएका कुरा भन्नु राम्रो हुनेछ। रोगबाट मुक्त हुने योग छ। साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। दक्षिणको यात्रा नगर्नु राम्रो हुनेछ।
मकरः माथिल्लो निकायबाट प्राप्त हुने सहयोगले मन शान्त हुनेछ। अन्त्य साढेसाती दशाको असरबाट बच्न पिपलको दर्शन गर्नु राम्रो हुनेछ।
कुम्भः सोचेका काममा बाधा र अड्चन हुनेछ। शरीरमा आलस्यता बढ्नेछ। परिवारले साथ दिनेछ। । विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ।
मीनः आफ्नो बोलीले आफैंलाई पश्चाताप हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।