काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई आज मध्यान्हमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालले राष्ट्रिय समाचार डटकमलाई फोन गरेर प्रहरीले आँफूलाई लिन आएको जानकारी गराएका थिए ।
‘म व्यक्तिगत काममा साथीहरुसँग थिएँ, एक्कासी प्रहरी आएर मलाई गाडीमा हालेर कतै लाँदैछ,’उनले प्रहरी भ्यान भित्रैबाट भने,‘किन के केका लागि मलाई लगिएको हो कुनै जानकारी दिइएको छैन ।’
पक्राउ पुर्जी वा सोधपुछको कारणविना आँफूलाई नियन्त्रणमा प्रहरीले लिएको उनले बताए ।
लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएससी वसन्त रजौरेसँग सम्पर्क गर्दा फणीन्द्र नेपाललाई नियन्त्रणमा लिएको जानकारी दिए । सुरक्षा संवेदनशीलतालाई धानमा राखेर नियन्त्रणमा लिएको उनले बताए ।
नेपालले इन्डियन स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले सम्मान गर्न लागेकोमा नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । इन्डियाका सेनाध्यक्षलाई नेपालले सम्मान दिन लागेकोमा ग्रेटर नेपालको गम्भीर ध्यानाकर्षण
द्धिवेदी बुधबार साँझ नेपाल आएका थिए । बुधबार विहानै फणीन्द्र नेपालले विज्ञप्ति जारी गरेर इन्डियाको सेनाध्यक्षलाई नेपालले सम्मान गर्न नहुने गर्ने हो भने अर्को छिमेकी मुलुक चीनका सेनापतिलाई पनि सम्मान गर्नुपर्ने बताएका थिए ।
हेर्नुस, फणीन्द्र नेपालको हिजोको विज्ञप्ति-