आज २०८१ साल कात्तिक ३० गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर १५ तारिख, पूर्णिमा तिथि। गुरु नानक जयन्ती, चतुर्मास व्रत समाप्ति, कार्तिक स्नान समाप्ति, पूर्णिमा व्रत।
मेषः अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।
वृषः शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।
मिथुनः वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। खानपानमा ख्याल गर्नुहोला।
कर्कटः आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।
सिंहः शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।
कन्याः दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईँको उचाइ बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।
तुलाः अध्ययनमा जोस बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।
वृश्चिकः होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्न सक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।
धनुः आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।
मकरः व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।
कुम्भः पारिवारिक वातावरणमा समय बित्न सक्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्।
मीनः आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त रहनुहोला।