काठमाडौँ । आज २०८१ साल कात्तिक २८ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर १३ तारिख। कात्तिक शुक्ल पक्षको द्वादशी तिथि। प्रदोष व्रत, रुरु क्षेत्रमा ऋषिकेश उत्सव यात्रा।
मेषः तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ। हरेक काममा आफ्नै अल्छिपनले अवरोध गर्नेछ। निजी काममा भन्दा राजनीतिक क्षेत्रमा मन जानेछ।
वृषः दिन सहज छ। शुभकार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ। राजनीतिक सङ्गठनमा सेवाको अवसर मिल्नेछ। लगानीका क्षेत्रमा हिम्मत गरे व्यापार व्यवसायमा फाइदा हुनेछ।
मिथुनः परिवारले अप्ठेरो परिस्थितिमा साथ दिनेछन्। बन्धुको साथ मिल्नेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाजुभाइको सल्लाह लिएमा दिन सहज हुनेछ।
कर्कटः स्वास्थ्यले राम्रो साथ दिनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। खानपानमा ख्याल नगर्नाले रोगले सताउने छ।
सिंहः साथी र सङ्गठनले साथ दिनेछन्। व्यापारमा अघि बढ्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ।
कन्याः बोलीको प्रभावले राम्रो काम बन्नेछ। साथी र सङ्गठनमा सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुलाः इच्छा विपरित धन खर्च गर्नुपर्ने भएकाले मन दुःखी हुनसक्छ। अरुको सेवा गर्दा आफ्नो स्वास्थ्य कमजोर भएको थाहा नहुने जोखिम छ।
वृश्चिकः समाजमा थोरै बोलेर जित्ने योग छ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारले असहयोग गर्ने जोखिम छ।
धनुः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। कर्मक्षेत्रमा तपाईंले सङ्घर्षको फल प्राप्त गर्नुहुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकरः थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ। आफ्ना बन्धु र दिदीबहिनीको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ।
कुम्भः मनमा खटपटी हुनसक्ने जोखिम छ। व्यापारमा फाइदा हुने योग छ। परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ। प्रेममा खटपटी हुने जोखिम छ।
मीनः परिवारको व्यवस्थापनमा अग्रसर हुनुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।