काठमाडौँ । आज २०८१ साल कात्तिक २७ गते मङ्गलबार तदनुसार सन् २०२४ नोभेम्बर १२ तारिख। कात्तिक शुक्ल पक्षको एकादशी तिथि। हरिबोधनी एकादशी व्रत, तुलसी विवाह, भिष्म पञ्चक आरम्भ, बाराहा क्षेत्रमा धार्मिक मेलाको प्रारम्भ।
मेषः दिन सामान्य छ। अचानक सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यले भने साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ।
वृषः वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ। राजनीति सङ्गठनमा गरेको प्रयास सफल हुनेछ। परिवारमा घुमघामको तय हुनेछ।
मिथुनः आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।
कर्कटः मनमा अशान्ति बढ्नेछ। स्वास्थ्यले भने राम्रो साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी भए फाइदा हुने दिन रहेको छ।
सिंहः बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्न सक्छ। परिवारको साथ मिल्नेछ।
कन्याः दिन राम्रो छ। साथीभाइ दाहिना रहनेछन्। स्वास्थ्यले समेत राम्रो साथ दिनेछ। घुम्ने अवसर मिल्नेछ। समग्रमा दिन रमाइलो छ।
तुलाः सामान्य खाने कुरमा चित्त बुझाउनुपर्ने दिन छ। अरुलाई बढी समय दिँदा परिवारमा मनमुटाव हुने जोखिम छ।
वृश्चिकः बोलीको प्रभावले राम्रो काम बन्नेछ। धनस्थानमा शुभग्रह बसेकाले लगानी गर्दा फाइदा हुनेछ। परिवारलाई खुसी पार्नको लागि निकै मूल्य चुकाउनुपर्ने दिन छ।
धनुः आफ्ना कुराहरू अरुसँग साट्नु राम्रो हुनेछ। स्वास्थ्यमा भने समस्या देखिने दिन रहेकाले खानपानमा ख्याल गर्नुपर्नेछ। राजनीतिक सङ्गठनमा राम्रो हुने दिन छ।
मकरः सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ। परिवारमा तपाईंको निर्णय लागू नहुने जोखिम छ।
कुम्भः धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ। लगानीको क्षेत्रबाट नाफा हुने योग छ। धनलक्ष्मी योग परेकाले लगानी गर्नुपर्ने दिन छ।
मीनः आफूले सोचेका कामहरू सहजै सञ्चालन हुनेछन्। विशेष काममा हात हाल्न हिम्मत गर्नुहोला। परिवारको साथ सहयोग प्राप्त हुनेछ।