काठमाडौँ । बि.सं.२०८१ कार्तिक २५ गते आइतबार ई.सं.२०२४ नोभेम्बर १० नेपाल सम्बत ११४५ कछलाथ्व नवमी ।
मेषः आजको दिन राम्रो रहेको छ । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरू बन्नेछन् । नयाँ कामको सुरुवात हुनेछ ।
वृषः स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरू बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।
मिथुनः काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोस जाँगरमा कमी आउनेछ । अनावश्यक झन्झन्ट आइलाग्नेछ ।
कर्कटः आजको दिन केही प्रतिकूल रहेको छ । समयमा काम बन्ने छैन । पुरानै समस्याहरू आइलाग्नेछन् । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरू रोकिन सक्छन् ।
सिंहः रोकिएका कामहरू बन्नेछन् । रोकिएका धन हात पर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।
कन्याः नयाँ कामको सुरुवात हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथीभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।
तुलाः आजको दिन मध्यम रहेको छ । बोलीका कारण समस्या आइलाग्न सक्छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पारिवारिक मनोरञ्जनमा खर्च बढ्न सक्छ ।
वृश्चिकः रोकिएका कामहरू बन्नेछन् । नयाँ कामको सुरुवात हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथीभाइसँग यात्रा हुनेछ । जोस जाँगर बढ्नेछ ।
धनुः आजको दिन शुभ रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरू बन्नेछन् ।
मकरः पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरू बन्नेछन् ।
कुम्भः सबै पक्षहरू सबल रहनेछन् । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरू हराउँदै जानेछ । कृषिमा सफलता मिल्नेछ ।
मीनः खानपान विशेष ध्यान पुर्याउनुपर्छ, अन्यथा स्वास्थ्यमा समस्या देखिन सक्छ । अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ। यात्रा गर्दा विचार पुर्याउनु होला ।