काठमाडौँ । आज २०८१ साल कात्तिक २२ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर ७ तारिख। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। छठ पर्व।
मेषः साथीभाइ र परिवारको साथ मिल्नेछ। उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रशंसा हुनेछ।
वृषः रिसलाई नियन्त्रणको प्रयास गर्नु राम्रो हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले सचेत हुनुपर्नेछ। राजनीतिक सङ्गठनमा भने सेवाको अवसर मिल्नेछ।
मिथुनः परिवारभित्र गरेको लगानी नउठ्ने खतरा छ। राजनीतिक सङ्गठनमा गरेको प्रयास सफल नहुने भएकाले सचेत बन्नुपर्नेछ।
कर्कटः आफन्त टाढिने दिन छ। थोरै बोलेर आफन्तलाई खुशी पार्न सकिन्छ। स्वास्थ्य र शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ।
सिंहः धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
कन्याः सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ।
तुलाः प्राविधिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिकः औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ। धनस्थानमा रहेका चन्द्रमाले सम्पत्तिको संरक्षणका लागि साथ दिनेछन्। खानपानमा विशेष ध्यान दिनुपर्नेछ।
धनुः आफूले नेतृत्व गरेको संस्थामा विरोध हुनसक्छ। मनमा लागेको कुरामा निरन्तर दिएमा सफलता मिल्नेछ।
मकरः दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती हुनसक्छ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।
कुम्भः समकक्षीसँग सहकार्य गर्नु फाइदा हुनेछ। आफूभन्दा ठुलासँग गरेको कारोबारले घाटा हुनेछ। बिहान शिवको भजन सुनेमा दिन सहज र शान्त बन्नेछ।
मीनः दिन सहज छ। आफ्नो योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुनेछ। राज्यको तर्फबाट भन्दा निजी लगानीबाट फाइदा हुनेछ।