काठमाडौँ । आज २०८१ साल कात्तिक २१ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर ६ तारिख। कात्तिक शुक्ल पक्षको पञ्चमी तिथि।
मेषः विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। पेट सम्बन्धी रोगले सताउने खतरा छ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ।
वृषः तपाईंको बोलीकै कारण आफन्त टाढा हुनेछन्। उपचारको क्रममा भए तपाईंलाई लाभ हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ।
मिथुनः परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। राम्रो कामको सुरुवात गरेमा साथीले साथ दिनेछन्। मनमा शान्ति मिल्नेछ।
कर्कटः वैदेशिक रोजगारको लागि प्रयास गरेमा सचेत बन्नुपर्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
सिंहः धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारमा धोका हुने जोखिम रहेकाले कर्तव्यमा अडिग रहनु राम्रो हुनेछ।
कन्याः आफूले गर्दै गरेको दैनिक कामबाट लाभ हुनेछ। कानुनी लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
तुलाः थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। सहकार्यमा सुरुवात गरेको व्यवसाय सफल बन्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नसक्छ।
वृश्चिकः लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। अढैया शनिका कारण अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ।
धनुः मनमा शान्ति मिल्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा खर्च बढ्नेछ।
मकरः शारीरिक रुपमा फूर्ति देखिनु हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। लगानीका क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने दिन छ।
कुम्भः बिहान उठेर शिवको भजन सुन्नु भएमा दिन सहज बन्नेछ। हरेक कुरामा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीनः शिक्षामा गरेको लगानीले राहत मिल्नेछ। साथीभाइको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।