काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले १७ हजारको मृत्यु,राजसंस्थाको अन्त्य र धर्म निरिपेक्षताबाट देश र जनताले के पायो भनी प्रश्न गरेका छन् ।
थापाले तत्कालीन माओवादीले शुरु गरेको शशस्त्र युद्धका विषयमा प्रश्न उठाउदै युद्धबाट देश र जनताले के पायो भनेका हुन् ।

थापाले “२३बर्षअघि माओवादीले राज्यबिरुद्ध हिंसा/आतंकको जगमा शुरुगरेको सशस्त्रयुद्धको क्रममा १७००० मार्ने, मराउने काम भयो, अरबौको सम्पत्ति नष्ट भए, हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो, राजसंस्था पाखा लगाईयो, संघियता लादियो । आखिर देश र जनताले के पायो? अब विगतका त्रुटि सच्याएर अघिबढ्ने बेला भएन र?” भनी सामाजिक संजाल टुइटरमा लेखेका छन् ।