पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकी प्रदेश कार्यसमिति विस्तार गरिएको छ । प्रदेशका ११ जिल्लाबाट प्रतिनिधित्व हुने गरि हिक्मत जंग कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
कार्यसमितिको महासचिवमा शिशिर शर्मा (कास्की) , कोषध्यक्ष गंगा थापा (स्याङजा) , सदस्यहरुमा हरि आचार्य (तनहुँ), दुघ बहादुर गुरुङ (लमजुङ), प्रविण गुरुङ (स्याङजा), बिञ्जु लालचन (मुस्ताङ), कमल देवकोटा (नवलपुर) , कृष्ण श्रेष्ठ (गारखा) , अर्जुन बस्नेत (गोरखा) , किरण गुरुङ (कास्की), जबेन्द्र गुरुङ (मनाङ) , नितिन रोक्का (म्याग्दी) ,सोनाम गुरुङ (पर्वत) , र रविन अधिकारी (बागलुङ) छन् ।
भदौ २२ र २३ गते गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई राप्रपा अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय स्वाभिमान यात्रालाई दृष्टिगत गरेर नेपाललाई सर्वधर्म सापेक्ष, पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र निर्माण गर्नका निमित्त अब गण्डकी प्रदेशका युवाहरुलाई एकजुट हुन आह्वान गरिएको अध्यक्ष कार्कीले बताए ।
राप्रपाले फागुण १५बाट मेचि महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आयोजना गरेको छ ।