काठमाडौँ । ग्रेटर नेपालका संस्थापक संयोजक फणीन्द्र नेपाल १० दिने लामो यात्रा अन्तर्गत स्थलगत अध्ययनका लागि लिपुलेक प्रस्थान गर्दैछन् ।
उनी लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको प्रत्यक्ष अवलोकन गर्दै, सो क्षेत्रमा भारतीय सेनाको उपस्थितिसँग सम्बन्धित नेपालको दीर्घकालीन उदासीनताको सूक्ष्म अध्ययन गर्ने तयारीमा छन् ।
यस प्रयोजनका लागि उनले विशेष योजना सहितको अध्ययन भ्रमण टोली गठनबारे गृहकार्य अघि बढाइरहेका छन् ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष समेत रहेका नेपालले यो भ्रमणमार्फत जनस्तरमा राष्ट्रिय जागरण ल्याउने उद्देश्यसहित तिहार अवधिभर ‘देउसी–भैलो कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरेका छन् ।
यस अभियानमा नागरिक तहबाट पनि सहभागिता जनाउन आह्वान गर्दै, उनले आर्थिक सहयोगको अपेक्षा राखेका छन् ।
लिपुलेक आन्दोलनका संयोजक फणीन्द्र नेपालले यसलाई “देउसी–भैलोको दक्षिणा लिपुलेकलाई” भन्ने अभियानका रूपमा अघि सारेका छन् ।
उनका अनुसार, गत वर्ष साउन ३ गते (अगष्ट १९) चीन र भारतका विदेशमन्त्रीबीच हाम्रो लिपुलेक मञ्च्याङबाट सीमान्त व्यापार गर्ने सम्झौता भएसँगै, उत्पादनसम्बन्धी परिशिष्टको मस्यौदा तयार पार्ने विषयमा दुबै देशका प्रतिनिधिमण्डल हालै बेजिङमा बसेका थिए ।
त्यस बैठकले लिपुलेक मञ्च्याङ क्षेत्रको १० दिन लामो स्थलरात भ्रमण, त्यसको अध्ययन प्रतिवेदन लेखन तथा इन्फ्रास्ट्रक्चर निर्माण गर्ने निर्णय गरेको थियो ।
त्यसको प्रतिकारस्वरूप, नेपालले तिहार शुरु भएपछि काठमाडौँबाट बझाङका सदस्यसहित लिपुलेकसम्मको राष्ट्रिय अभियान सुरु गर्ने योजना बनाएका छन् ।
उनका शब्दमा —
“यस अभियानका लागि लाग्ने आवागमन खर्चदेखि लुगा–खाना–बसोबासको व्यवस्थापन गर्न सहयोग आवश्यक छ । त्यसैले तपाईंहरूको देउसी–भैलोको दक्षिणा स्वरूप केही आर्थिक सहयोगका लागि विनम्र अनुरोध गर्दछु,”
भन्ने संयोजक नेपालका भनाइ छन् ।
राष्ट्रवादी भावना भएका इच्छुक नेपालीहरूले यस अभियानमा सहयोग गर्नका लागि उनले नविल बैंकको खाता नम्बर ०३६१००१७५११९८० सार्वजनिक गरेका छन् ।

नेपालले यस देउसी–भैलो अभियानमा भट्याउने गीत यस प्रकार रहेको छ –
देउसी गीत – २०८२
शब्द : फणीन्द्र नेपाल
ए मन मन भाइ हो – देउसी रे
स्वर मिलाई मन – देउसी रे
एतौन एतौन मन – देउसी रे
मिलि तिल्ली मन – देउसी रे
ए लिपुलेकमा – देउसी रे
इन्डिया पर्यो – देउसी रे
नेपालको घातमा – देउसी रे
घुसेर घुस्स्यो – देउसी रे
इन्डियालाइ अगाडि – देउसी रे
इन्डियालाई धुत्यौं – देउसी रे
हामी सिमानामा – देउसी रे
घुस्नेलाई राँखौं – देउसी रे
नेपाल आमालाई – देउसी रे
घातकलाई राँखौं – देउसी रे।।
स्मरणीय छ,अध्यक्ष फणीन्द्र नेपालले विगत साढे तीन दशकभन्दा बढी समयदेखि “ग्रेटर नेपाल”को ऐतिहासिक र भौगोलिक न्यायका मुद्दा बोकेर निरन्तर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै आएका छन् ।
उनको यो लिपुलेक मिसन देउसी–भैलो, राष्ट्रिय स्वाभिमान र सीमाको रक्षा प्रतिको जनअभियानको नवीनतम अभिव्यक्ति हो ।