काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको वैठकमा सरकार विरुद्ध संघर्ष गर्ने जोडदार रुपमा माग उठेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार विरुद्ध जनसंघर्ष आवस्यक भएको अवगत गराएका थिए ।
आज शुक्रबारदेखि सुरु भएको वैठकमा अध्यक्ष लिङ्देनको प्रस्तावप्रति सम्पूर्ण सदस्यहरुले समर्थन जनाएका थिए । राप्रपाले सरकारविरुद्धको जनसंघर्षलाई आज सशक्त बनाउने मुल एजेण्डा प्रस्तुत गरेको छ ।
पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरूप दिएर सशक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बैठकमा सरकारको कार्यशैलीको समीक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल हुने उनले बताए ।
कांग्रेस–एमालेजस्ता ठुला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुँदै गएको लिङ्देनले बताए ।
उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरी संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिमा समेत बैठकमा समीक्षा हुने बताए ।
त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समीक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ । वैठक शनिवार पनि बस्नेछ ।
शनिबारको वैठकले आन्दोलनका ठोस विषयहरु सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।
वैठकमा महामन्त्री डा.धवलशमशेर राणाले ६ पुष्ठ लामो फरक राजनीति विचार प्रस्तुत गरेका छन् ।
यी सबै विषयमा छलफल र एकीकृत धारणा शनिबार नै सार्वजनिक हुने राप्रपा प्रचार विभागले जानकारी दिएको छ ।
राप्रपा वैठक तस्बिरमा–







सम्पूर्ण तस्बिरहरु सौजन्यः राजेन्द्र लिङ्देनको फेसबुकबाट ।