बुटवल । राप्रपा निकट विधार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनद्वारा गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग गरेका छन् ।
रौतहट जिल्लाको हनुमान मन्दिरका पुजारीको हत्यारालाई कारबाही गर्नुको सट्टा हत्याको विरुद्ध हुने आन्दोलनलाई दबाउन गृहमन्त्रालले सर्कुरल जारी गरेको विरुद्धमा विधार्थी संगठनद्वारा गृहमन्त्रीको राजिनामा माग गरेका हुन् ।
विरोध कार्यक्रममा हत्यारालाई कारबाही गर, धार्मिक सहिष्णुता कायम गर, गृहमन्त्री राजिनामा देउ, नालायक सरकार मुर्दाबाद, बढ्दै गएको धार्मिक गुरुहरु माथिको सांघातिक हमला अन्त्य गर, हिन्दु राष्ट्र कायम गर ,धर्म निरपेक्षता खारेज गर भन्ने जस्ता नारा सहित विरोध प्रदर्शन भएको थियो ।

विद्यार्थी नेता संगठनका केन्द्रिय सदस्य अमृत पाण्डेले नेपालमा जनयुद्धकालदेखि अहिलेसम्म विभिन्न प्रकृतिले धार्मिक संस्था लगायत धार्मिक गुरुमा बढ्दै गइरहेको सांघातिक हमलाले देशलाई विखण्डनतिर धकेलेको र आफ्नो मौलिक पहिचान र अस्तित्व नै धरापमा पारी विदेशी शक्तिलाई चलखेल गर्ने वातावरण सिर्जित अहिलेका प्रमुख राजनैतिक दल र सत्ता पक्षबाट नै यसलाई बढावा दिइदै आएको बताएका छन् ।
कार्यक्रममा विद्यार्थी नेता मनिस के.सी.,अमृत घिमिरे, भुमिका बुडा मगर, संजय भन्डारी, नारायण भन्डारी, बिकेश राज भन्डारी, प्रवासी नेपाली मध्यपुर संयोजक तोयानाथ लम्साल, राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाण, देबदह नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण चौधरी लगायत युवा नेता राजकुमार पौडेल, लक्ष्मण श्रेष्ठ,सुर्यबहादुर कार्की, मित्रलाल पोख्रेल आदि नेताहरुको उपस्थित रहेको कुरा विधार्थी नेत्रि भुमिका बुढा मगरले जानकारी दिइन ।

गएको भदौ ३ गते रौतहट जिल्ला को नारायण न.पा.का स्थित हनुमान मन्दिरका पुजारी श्री राम शाहलाई गोलि हानी हत्या भएको थियो ।