पोखरा, मङ्सिर १५ गते । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उमेदवारले अग्रता लिएका छन् ।
राती अवेरबाट सुरु गरिएको मतगणनामा बिहानसम्म पोखरा महानगरपालिका वडा नं. ३३ को पाँच हजार ६४२ मत गणना गरेर सकिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपाका उमेदवार विद्या भट्टराईले तीन हजार २७६, नेपाली काँग्रेसका उमेदवार खेमराज पौडेलले दुई हजार २१५, समाजवादी पाटीका धर्मराज गुरुङले ९५, राप्रपाका रोमबहादुर भण्डारीले ३७ र साझा पार्टीका रजनी केसीले ३२ मत प्राप्त गर्नुभएको छ ।
७१ हजार ८७१ मतदाता रहेको कास्की २ मा ४५ हजार ५६३ मत खसेको थियो । पोखरा महानगरपालिकाका ११ वटा वडा समावेश उक्त क्षेत्रको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली काँग्रेसबाट खेमराज पौडेल, समाजवादीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, साझा पार्टीबाट रजनी केसी, नेपाली काँग्रेस (विपी)बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेकपा (माले)बाट टेकनाथ भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेशनल अग्रनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा तथा स्वतन्त्र रुपमा उमानाथ गौतम, कमलजंग कुवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मी भुजेल, सुनिलबहादुर कोइराला, सुनिल भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेश (ख) को मतगणना आइतबार बिहानबाट मात्र सुरु गरिने छ । निर्वाचन क्षेत्र जिल्ला सदरमुकाम भन्दा टाढा रहेकाले मतपेटिका शनिबार अवेरमात्र सदरमुकाम आएकाले आइतबार बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
३५ हजार १८४ मतदाता रहेको यस प्रदेशमा २१ हजार ४०० सय मत खसेको थियो ।
उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाकाबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, नेपाली काग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्र्टीबाट अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्र्टी संयुक्तबाट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्र्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्र्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा विवेकशील नेपाली दलका सन्तोष भण्डारी चुनावी मैदानमा रहेका छन ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६ ०८:५९