कीर्तिपुर, असार २२ गते । कीर्तिपुर नगरपालिका–५ मा सार्वजनिक जग्गा र सांस्कृतिक सम्पदासमेत मिचेर बनाएको भन्दै स्थानीयवासीले एउटा निजी घरको केही अंश भत्काएका छन् । स्थानीयवासीले पटक–पटक सार्वजनिकस्थल मिचेर घर नबनाउन गरेको आग्रहलाई घरधनीले अटेर गरेपछि शनिबार जम्मा भएको भीडले घरको केही अंश भत्काएको हो ।
झापा घर भएकी सानु धिमालले गोरेटोबाटो, सांस्कृतिक महìवको कुवा, खानेपानीका पाइपलाइनमाथि घर बनाएको भनाइ स्थानीयवासीको छ । नापी कार्यालय कलङ्कीका अनुसार, धिमालको जग्गा कित्ता नं. ४८८ हो । वि.सं. २०७१ असार २१ गते सानु धिमालले पाँच आना तीन पैसा एकदाम जग्गा आफ्नो नाममा पास गरेको देखिन्छ । अहिले त्यही जग्गामा बाटो, कुवा र पाइपलाइनसमेत गाभेर छ आना दुई पैसा तीन दाम बनाई नक्सा सुधार गरेको पाइएको छ । त्यही जग्गामा घरको जग हाल्न थालेदेखि नै स्थानीयले विरोध गर्दै आएका थिए ।
कीर्तिपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जनले वडा कार्यालय र नगरपालिकाले समेत पटक पटक सचेत गराए पनि अटेर गरी घर बनाउन थालेको बताउनुभयो । स्थानीयवासीको गुनासो रस्थानीय सरकारको चेतावनीलाई समेत बेवास्ता गरेर घरको गारो उठाएपछि स्थानीयले हस्तक्षेप गरी सार्वजनिक स्थलमा पर्ने भाग भत्काउने निष्कर्ष निकालेका हुन् ।
आर्थिक वर्ष २०६३÷६४ मा भत्केपाटी नगाउँ उपभोक्ता समितिका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विच्छ्याको पाइपलाइन नयाँ बनेको घरको जगमुनि परेको छ । त्यस्तै, स्थानीयले पुस्तौँदेखि प्रयोग गर्दै आइरहेको गोरेटो बाटोसमेत मेटेर घरर इनार बनाइएको छ । सो कुवामा स्थानीयको किरिया चोख्याउने परम्परा रहेको ८० वर्षीय स्थानीय रणबहादुररावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो गोरेटोबाटो मच्छेगाउँ, भत्केपाटीलगायत गाउँका मानिसको मलामी जाने बाटो हो । हामीले यस्तो सम्पदा र सार्वजनिक सम्पत्ति अतिक्रमण नगर्न पटक पटक भन्दा नटेरेपछि भत्काउन बाध्य भएको हो । ’’
पछिल्लो नक्सामा बाटो र कुवा नदेख्दा आफूहरू आश्चर्यमा परेको स्थानीय बताउँछन् ।
वडाध्यक्ष महर्जनका अनुसार, २०२१ सालको पुरानो नक्सामा कित्ता नं. २०५ माकुवा रहेको र फिल्ड बुकमा समेत कायम भएको स्पष्ट उल्लेख छ ।
पछिल्लो नक्सामा कुवासमेत गाभी ४८८ कि.नं. मा समावेश भएको जानकारी नापी कार्यालय, कलङ्कीले दिएको छ । नक्सामा नभए पनि बाटो अहिलेसम्म प्रयोगमा रहेको र खानेपानीको पाइपलाइन समेत चालू नै रहेको उहाँले जानकारी दिनुभयो ।
कुवाको जग्गा खाए पनि बाटो र पाइपलाइनको तीन फिट जग्गामा क्षति नपु¥यान आग्रह गर्दा ‘म प्रधानमन्त्रीको मान्छे हुँ । कसले रोक्न सक्छ मलाई ?’ भन्दै जनप्रतिनिधिलाई समेत धम्की दिने गरेको अध्यक्ष महर्जनले बताउनुभयो । यसअघि नगरपालिकाका प्रमुख र उपप्रमुखसहितले निरीक्षण गरी सार्वजनिक जग्गा मिचेर घर नबनाउन आग्रह गर्नुभएको थियो । यसबारे घर मालिक धिमाल भन्नुहुन्छ, ‘‘२०६५ सालको नक्साअनुसार नै हामीले घर बनाउन थालेका हौँ, अरू कुरा
थाहा छैन । ’’
पत्रकार लामामाथि दुव्र्यवहार
काठमाडौँ । घरका बारेमास्थलगत रिपोर्टिङमा जानुभएका गोरखापत्रका पत्रकार शान्ति लामामाथि शनिबार अभद्र व्यवहार भएको छ ।
सानु धिमालको जग्गामा टाइबिम ढलान भइसकेको घरको केही अंश भत्काउने कार्य भइरहँदा त्यसको तस्बिर खिच्दै गर्दा उहाँमाथि दुव्र्यवहार भएको हो ।
नेपालपत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष शेखर चौलागाईंले शनिबार नै एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गर्नुभएको छ ।
महासङ्घको वक्तव्यमा भनिएको छ, ‘‘स्थलगत रिपोर्टिङको क्रममा उहाँले आफ्नो परिचयपत्र देखाउँदा पनि भौतिक आक्रमण गर्ने उद्देश्यका साथ लछार पछार गरिएको र‘यो भूमाफियाको मान्छे हो’, भन्दै तस्बिर खिच्न प्रयोग गरिएको मोबाइल जबर्जस्ती खोसिएको घटनाको महासङ्घ घोर भत्र्सना गर्छ । ’’
महासङ्घले घटनाको छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गरियोस् भनी नेपाल सरकारसँग जोडदार माग पनि गरेको छ । पत्रकार लामाले गोरखापत्रमा विशेष गरी कीर्तिपुर क्षेत्रका ऐतिहासिक सम्पदा, कला, संस्कृतिको संरक्षण गरिनुपर्छ र सार्वजनिक स्थलको संरक्षण हुनुपर्छ भन्ने पक्षमा सशक्तरूपमा कलम चलाउँदै आउनुभएको छ ।