हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का केन्द्रीय अध्यक्ष कमल थापाले कम्युनिष्ट हुँ भन्नेले धर्म मान्दैन भन्ने आशंका सबैमा थियो तर अहिले गुठी विद्येयक ल्याएर प्रमाणित गरेको बताएका छन्, ।
आज आफ्नो गृह जिल्ला हेटौंडामा मकवानपुरका पत्रकारहरु संग उनले गुठीको जग्गा र सम्पतिको व्यवस्था गर्न सरल हुदाँहुदैं भुमाफियालाई उस्काएर विद्येयक तयार पारेको बताए । उनले विद्येयकको दफा २२,२३ र २४ मा आपत्ति जनक रहेको बताए ।
उनले यो कम्युनिष्ट सरकारले द्धन्दको स्थिती सृजना गर्ने खालका विभिन्न निर्णय गरिरहेको बताए । विभिन्न मिडिया काउन्सील विद्येयक, सुरक्षा विद्येयक, गुठी विद्येयक, नागरिकता विद्येयक यसको जलन्त उदाहरण रहेको बताए । यस्ता कार्यले देशमा ध्रुविकरणको सृजना गर्ने काम गरिरहेकोले देश अब कुन दिशा तर्फ गइरहेको भन्ने पत्ता लगाउन नसकेको बताए ।
उनले प्रेस जगतको विषयमा बोल्दै अध्यक्ष थापाले प्रेस स्वतन्त्रतालाई यो सरकारले कुन्ठित पार्ने काम गरेको बताए ।
मिडिया हाउसलाई बन्देज गर्दै सुचनाको हक माथी छुुरा प्रहार गरेको उनको भनाइ रहेको थियो । उनले नागरिकताको विषयमा जहिले पनि समस्या आएको बताए । खुल्ला सिमानाको कारण यस्तो समस्या आएको बताए ।
नागरिकता सम्बन्धी ऐनको निर्माण र वितरण कार्य जहिले पनि विवादस्पद रुपमा हुने भएकोले यस्तो समस्या आएको बताए ।
राप्रपाको असार ६ गते हुने केन्द्रीय विस्तारित बैठकको तयारी रहेको अवस्थामा सबै केन्द्रीय कार्य पदाधिकारी प्रत्येक स्थानिय तहहरुमा पार्टीको संगठन विस्तार गर्दै सुदृढिकरण, अन्तरक्रिया गर्दै पार्टीको नीति तथा कार्यक्रम गर्दै लागि परेको बताए । सोही अनुरुप आफु आफ्नो जिल्ला मकवानपुर आएको अध्यक्ष थापाले बताए ।