काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई काल्पनिक निबन्धको संज्ञा दिँदै संशोधनका लागि सूचना दर्ता गर्ने निर्णय गरेको छ ।
शनिबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफल भएको हो । छलफलमा काँग्रेसका सांसदहरुले केही बुँदामा आपक्ति जनाउदै संसोधनका लागि प्रस्ताव गरेका थिए ।
काँग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र प्रमुख सचेतक बालकृष्ण खाणले सभामुखलाई नीति तथा संशोधनका लागि सूचना पेस गर्ने भएका छन् ।
काँग्रेसले नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २ सय १५ सम्म विभिन्न बुँदामा सरकारलाई मेरो सरकार भनि लेखिएको सट्टा नेपाल सरकार भनि संशोधन गर्नुपर्ने भनेको छ ।
यस्तै प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने विषय संसोधन गर्न माग गरेको छ ।
लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु प्स्तावित गरेको तथा विद्यामान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टता सहित सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कार्यक्रमगत प्रष्टता नभएको भन्दै नीति तथा कार्यक्रम सबै बुँदामा वार्षिक नीति तथा कार्यक्रम संशोधनका लागि सूचना पेश गर्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठकपछि बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकमा सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्नेमा एकमत रहेको बताए । उनले २ सय बँुदाभन्दा लामो काल्पनिक निवन्धको रुपमा नीति तथा कार्यक्रम आएको भन्दै स्पष्ट कार्यक्रम आउन नसकेको बताए ।
बैठकमा राष्ट्रपतिले अघिल्लो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकार, यो सरकारले भन्ने गरेकोमा यो पटक मेरो सरकार भन्नुको तात्पर्य कतै प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई कार्यकारी अधिकार दिन खोजेको त हैन भन्ने आशंका उब्जिएको नेता खाँणले बताए ।
संसदीय दलको बैठकमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. स्वर्णिम वाग्ले, डा. गोविन्दराज पोखरेलले नीति तथा कार्यक्रमको समीक्षा गरेका थिए ।
संसोधन प्रस्तावको मस्यौदा