काठमाडौं । नेपालका ४० जिल्लामा इसाई संघसंस्थाले विभिन्न कार्यक्रममा लगानी गरेको पाइएको छ।
समाज कल्याण परिषद्का अनुसार इसाई नामसँग जोडिएका ६५ वटा एनजीओ (गैरसरकारी संस्था) ले नेपालको शिक्षा, स्वास्थ्य, दलित, आदिवासी, बालबालिका, कृषिलगायतका क्षेत्रमा साढे दुई अर्बभन्दा रुपैयाँ बढी लगानी गरेको पाइएको छ।
‘कुन कुन क्रिस्चियन एनजीओ भनेर हेरेका छैनौँ। समग्रमा भन्दा बढी लगानी क्रिस्चियनहरूकै छ,’ समाज कल्याण परिषद्का सूचना अधिकारी हरि तिवारीले भने, ‘समग्रमा हेर्दा ७० प्रतिशत लगानी क्रिस्चियन संघसंस्थाकै रहेको देखिन्छ।’ ती एनजीओले धेरैजसो लगानी शिक्षा, स्वास्थ्य, दलित र आदिसासी केन्द्रित गरेको पाइन्छ।
आर्थिक वर्ष २०७५्०७६ मा क्रिस्चियन धर्मसँग सम्बन्धित अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थाले नेपालका एनजीओमार्फत मात्र १ अर्ब ९९ करोड ६४ लाख ९० हजार ६ सय ९९ रुपैयाँ लगानी गरेको पाइएको छ ।
समाज कल्याण परिषद्को तथ्यांकअनुसार क्रिस्चियन संस्थाको सो लगानी नेपालका ४० जिल्लामा विभिन्न कार्यक्रममा उपयोग भइरहेको छ।
नेपालमा रहेका गैरसरकारी संस्थामार्फत क्रिस्चियनहरूको संस्थाले लगानीमा कार्यक्रम सञ्चालन भएको पाइएको छ। राजधानी दैनिकबाट