बाग्लुङ । अखिल नेपाल युवक संघ बागलुङले “स्थानीय तहको अधिकार र बिकाश बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर !“ भन्ने नाराका साथ सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत बागलुङ नगरपालिको भेला बागलुङ बजारमा सम्पन्न भएको छ ।
अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य क.योगेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य क. राजेन्द्र ढुङगाना, अखिल नेपाल युवक संघका पुर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार क. तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष क. धर्म बहादुर कुवंर, सचिव क. भिमलाल पोखरेल, जिल्ला सदस्य क. थानेश्वर सुवेदी, युवक संघ गण्डकी प्रदेश सचीव तथा बागलुङ जिल्ला उपाध्यक्ष क. संजाल शर्मा, अखिल (छैटौं) का केन्द्रीय सदस्य दिलीप बुढाथोकी र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका कोषाध्यक्ष क. टेक बहादुर क्षेत्री लगाएत ले शुभकामना मन्तव्य दिनु भएको थियोे ।
कार्यक्रम युवक संघका जिल्ला सदस्य ऋषिराम शर्माको अध्यक्षता, मन रानाको सञ्चालन र सुवाश शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । भेलाले सुवाश शर्माको अध्यक्षतामा ११ पुर्ण , २ बैकल्पीक गरी १३ सदस्यीय समिति र ३ सल्लाहकार रहेको बागलुङ नगर समिती निर्वा्चित गरेको छ । जसमा उपाध्यक्ष दिपक पौडेल, सचीव दिपेन्द्र बुढा, सहसचीव छलिता बुढा, कोषाध्यक्ष मन राना सदस्यहरुमा यम कार्की, हिमाल सुवेदी, प्रकाश पौडेल, गिता सेरपुर्जा, सरोज चालिसे , बैकल्पीक सदस्यमा मिलन भट्ट, २ स्थान रिक्त र सल्लाहकारहरुमा ऋषि पौडेल, राजु पौडेल र भिम पौडेल रहनु भएको छ ।
यसैगरी, जागौ युवा लागौ युवा अभियान अन्र्तगत माघ २२ गते टोली नं. २ ले बडीगाड गाँउपालिका वडा नं. १ मा वडा भेला सम्पन्न गरेको छ । अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष क. भिमसेन वनको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रमको अतिथीहरुमा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष जुन बिक्रम शाही, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा बडीगाड वडा १ का अध्यक्ष बोम बहादुर थापा, युवक संघका जिल्ला सदस्य भिषम छन्त्याल, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सदस्य निम भुजेल, अखिल नेपाल शिक्षक संघ बडीगाडका सदस्य खुम बहादुर पच्या, अखिल छैठौं बागलुङका जिल्ला सदस्य हिक्मत दर्लामी, कर्ण नेपाली लगायत हुनु हुन्थ्यो ।
कार्यक्रम युवक संघका जिल्ला सदस्य भिम भुजेलको अध्यक्षता, कोषाध्यक्ष अनिल गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । भेलाले प्रदिप भुजेलको अध्यक्षतामा १९ सदस्यीय समिति निर्वा्चित गरेको छ । जसमा उपाध्यक्ष टिका पच्या, सचीव विपीन बि.क., सहसचीव नारायण वन, कोषाध्यक्ष विनिता वलामी सदस्यहरुमा भिम भुजेल, रोषन भुजेल, मनिष थापा, सुजन श्रीस, मनिष बि.क., सुरेन्द्र बि.क.,दुर्गा ब.थापा, सुसिल बि.क., ललित भुजेल, योगेन्द्र घर्ती, दिल बहादुर नेपाली दिपक, चित्र बहादुर थापा, कुलदिप भुजेल र मिलन भुजेल रहनु भएको छ ।
युवक संघको जागौ युवा लागौं युवा अभियान काठेखोला गाँउपालिका, गल्कोट नगर पालिकाको कार्यक्रम सम्पन्न गर्दै माघ २६ गते गल्कोट नगरपालिका को हरिचौरमा संघको ३८ औं स्थापना दिवशको कार्यक्रम सहित सम्पन्न हुनेछ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५ १९:२९