बाग्लुङ । अखिल नेपाल युवक संघ बागलुङले “स्थानीय तहको अधिकार र बिकाश बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर !“ भन्ने नाराका साथ सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत बरेङ गाउँपलिको भेला यहि माघ १३ गते बरेङ बजारमा सम्पन्न भएको छ।
उक्त भेलाले दुर्गा थापा (हुग्दिसिर) अध्यक्ष रहेको ११ सदस्य गाउँ पालिका स्तरीय समिती निर्वा्चित गरेको छ। समितीको उपाध्यक्ष,सचीव,सह(सचीव र कोषाध्यक्षमा क्रमशः सन्तोष पोखरेल (धुल्लुबास्कोट), माया पुन (बाटाकाचौर), कुल बहादुर खत्री (सल्यान) तारा प्रसाद पौडेल (धुल्लुबास्कोट) र सदस्यहरु तुल बहादुर थापा(धुल्लुबास्कोट), पदम खड्का(बरेङ), कृष्ण प्रसाद शर्मा(हुग्दिसिर), अनिता सुनार (बाटाकाचौर), धनिश्वर शर्मा(हुग्दिसिर), सोम शेर्पुजा(सुखौरा) रहनु भएको छ भने नारायण शर्मा, मीन बहादुर पुन, कमल पौडेल, इन्द्र बहादुर घम, चेतमान खत्री रहेको ५ सदस्यीय सल्लाहकार समिती समेत निर्वा्चित गरेको छ।
युवक संघका गण्डकी प्रदेश सचीव तथा बागलुङ जिल्ला उपाध्यक्ष क. संजाल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा बरेङ गाउँ पालिका का अध्यक्ष कृष्ण प्रसाद शर्मा, राजमोका युवा नेता हिरा पुन, अखिल (छैटौं) का जिल्ला सदस्य आशिष गुरुङ र प्रगतिशील पत्रकार संघ तथा रेडियो बिहानी का स्टेसन म्यानेजर प्रकाश छ्न्त्याल लगाएत ले शुभकामना मन्तव्य दिनु भएको थियोे । कार्यक्रम युवक संघका जिल्ला सदस्य दुर्गा थापा संचालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता धनिस्वर पौडेल, स्वागत कृष्णप्रसाद शर्माले गर्नु भएको थियो।

यसैगरी, माघ ११ बाट सुरु भएको युवक संघ बाग्लुङको १ न. टोलिले जागौं युवा, लागौं युवा अभियान बरेङ गाउँपालिकाको धुल्लु बास्कोटको लिउवाबाट जनभेट घाट, पर्चा र सदस्यता बितरण गर्दै बरेङ बजार, हुग्दिसिरका विभिन्न स्थानमा युवाहरू संग भेट घाट गरि टोल टोलमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै अगाडी बढेको छ। त्यसै गरि यहि माघ १२ गते बरेङ गाँउपालिका वडा नं. ३ बाटाकाचौरको वडा भेला युवक संघका प्रदेश सचीव संजाल शर्माको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो ।
कार्यक्रमको अतिथीहरुमा राष्ट्रिय जनमोर्चा बरेङ ३ का वडा अध्यक्ष पृथ पुन, जनप्रतिनिधि धनपती शर्मा, युवक संघका जिल्ला सदस्य दुर्गा थापा, जनमोर्चाका नेता पुर्न बहादुर श्रीस लगायत हुनु हुन्थ्यो ।भेलाले अनिता सुनार को अध्यक्षता मा ९ सदस्यीय वडा समिति चयन गरेको छ । जसको उपाध्यक्ष प्रेम सुनार, सचिव अनिल आले, सह(सचीव दाल माया श्रीस,कोषाध्यक्ष माया पुन, सदस्यहरुमा सन्तोष पुन, प्रकाश बिसि,रिता जैसी, गङ्गा श्रीस रहनु भएको छ । कार्यक्रमको अध्यक्षता अनिता सुनार, संचालन कृष्ण प्रसाद शर्मा र स्वागत मया पुन ले गर्नु भएको थियो भने अतिथीहरुले विषयमा प्रशिक्षण दिनु भएको थियो ।
उक्त अभियानमा प्रदेश सचीव संजाल शर्मा, जिल्ला सदस्य दुर्गा थापा लगाएतका युवा नेताहरुको नेतृत्वमा युवाहरू लाई समावेश गराउदै अगाडी बढिरहेको छ । युवक संघको अभियान १४ गते देखि १९ गते सम्म जैमिनी नगरपालिकामा सञ्चालन हुनेछ ।
त्यस्तै गरी निसीखोला गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ ।
अखिल नेपाल युवक संघ बागलुङले सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत निसीखोला गाउँपलिको भेला यहि माघ १४ गते झिवाखोलामा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य का.योगेन्द्र पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । कार्यक्रमको अतिथीहरुमा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य खिम बिक्रम शाही, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष का. जुन बिक्रम शाही, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य थमन घर्ती, अखिल नेपाल युवक संघका बागलुङ जिल्ला कोषाध्यक्ष अनिल गिरी, अखिल नेपाल युवक संघका बागलुङ जिल्ला सदस्य का. भिषम छन्त्याल लगायत हुनुहुन्थ्यो ।
भेलाले राजेन्द्र शाहीको अध्यक्षतामा ११ सदस्यीय निसीखोला गाँउपालिका समिति चयन गरेको छ । जसमा उपाध्यक्ष लोक शाही, सचिव असोक छन्त्याल, सहसचिव विनिता शाही, कोषाध्यक्ष राधिका शाही ठकुरी, सदस्यहरुमा अभिसेक छन्त्याल, बिरेन्द्र शाही, लोकेन्द्र सापकोटा, घनश्याम सापकोटा, मदन बुढा, दिपक घर्ती रहनु भएको छ । कार्यक्रम जिल्ला सदस्य भिषम छन्त्यालको अध्यक्षता, अनिल गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । अभियान माघ १५ गते देखि १९ गते सम्म ढोरपाटन नगर पालिकामा सञ्चालन हुनेछ ।