काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध झापा–काठमाडौं सम्पर्क समाजको गठन भएको छ । झापाबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसायमा संलग्न रहि काठमाडौंमा बसोबास गर्ने राप्रपासँग आवद्ध व्यक्तित्वहरुको शनिबार सम्पन्न भेलाले गोपाल चुडालको अध्यक्षतामा ३१ सदस्यीय सम्पर्क समाज गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा नन्द कुमार ढकाल, भूपाल बस्नेत र सविता पोखरेल, सचिबमा गणेश सुवेदी, सहसचिबमा यमुना दाहाल र नवराज भट्टराई, कोषाध्यक्षमा लिला ओडारी मैनाली तथा प्रवक्तामा विञ्जु बराल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अर्चना कार्की, भिष्मराज अधिकारी, विकास ओझा, रमेश बराल, यादव प्रसाद घिमिरे, हृदय नन्द राजवंशी, पुनम विष्ट खड्का, सविता पोखरेल, नारायण कार्की, रुपा चम्लागाईं, अम्बिका खरेल, टंक दाहाल, रविन्द्र खत्री, पुजा सापकोटा, पवित्रा आचार्य, कमल सेलीङ, झरना सुवेदी, सुस्मिता खरेल, रविन कोइराला, सिता थापा र लक्ष्मी प्रसाद सुवेदी चुनिनु भएको छ भने सल्लाहकारमा वशन्त रिमाल र कुमार थापा रहनुभएको छ ।

नवगठित झापा–काठमाडौं सम्पर्क समाजको कार्य समितिलाई पार्टीका नेता तथा प्रतिनिधीसभाका साँसद राजेन्द्र लिङदेन, महामन्त्री तथा सम्पर्क समाज समन्वय विभागका प्रमुख भास्कर भद्रा, उपप्रमुख अम्बिका प्रसाद अधिकारी लगायतले शुभकामना दिनुहुँदै सफल कार्यकालको कामना गर्नुभएको थियो ।