काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले संविधान संशोधनको बहानामा राष्ट्र विखण्डनकाा आवाज कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् ।
संघीय संसदकाे बैठकमा बाेल्दै सांसद लिङ्देनले संविधान संशाेधनकाे नाममा अाउने राष्ट्र विखण्डनकाे आवाज कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै सरकार र राजनीतिक दलहरुकाे गम्भीर बन्न आग्रह गरेका छन् ।
“संविधानमा असहमति जनाउन पाउने कुरा संविधान भित्रकै व्यवस्था हाे, तर संविधान दिवसकाे विराेधकाे नाममा नेपाली जनताकाे कान र अाँखाले सुन्ने र देख्ने राज्य बिखण्डनकाे अावाज मधेशमा देखियाे त्याे निन्दनीय छ, उनले भने ।”
साथै उनले सुरक्षाकर्मीहरूकै अगाडि विखण्डनको नारा लगाउनु दुखःद भएकाे भन्दै सरकारलाई गम्भीर बन्न अाग्रह गरे ।
‘संविधानसंग अाधारभुत रुपमै असहमति जनाउने राप्रपा पनि यहि संसदमा छ, हामीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता कुराहरुमै असहमित जनाएका छाैं तर पनि यहि संविधान भित्रै हाम्रा मान्यताहरु स्थापना गर्न सक्ने बाटाहरु छन् भनेर हामीले याे संविधानलाई अालाेचनात्मक रुपमा स्विकार गरेकाछाैं,” उनले अगाडि भने,” संविधान धार्मिक ग्रन्थ होइन, असंशाेधनीय चीज हाेइन, संशोधन हुन सक्छ।”
उनले संवैधानिक बाटाेबाटै संविधानमा असहमति जनाउने अन्य पार्टीहरु पनि रहेकाे भन्दै तराईमा बसेर राज्य बिखण्डनकाे कुरा गर्नु सामान्य नभएकाे भन्दै त्यसलाई गम्भीरतका साथ लिन अाग्रह गरे ।
संविधान दिवसकै दिन असोज ३ गते प्रदेश नम्बर २ मा सि.के राउत लगायतको समुहले विखण्डनको नारा लगाउदा सरकार र सरकार मतहतका सुरक्षा निकाय मुकदर्शक बनेको थियो ।
हेर्नुहोस पुरा भिडियो
https://youtu.be/sT07jGpAVNw
भिडियो खबरमन्चबाट