काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले नेपाल वायु सेवा निगमकाे वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारको छानविन गर्न संसदीय समितिको माग गरेका छन् ।
प्रतिनिधिसभाकाे विशेष समयमा बाेल्दै सांसद लिङदेनले संसदीय समिति गठन गरी निगमकाे वाइडबडी विमान खरिदमा भएकाे भनिएकाे अनियमितताकाे छानविन गर्न सरकारसंग माग गरेका हुन् ।
उनले निगममा भएकाे उक्त भ्रष्टाचार काण्ड नयाँ अध्यक्ष नियुक्तिसंगै अाेझेलमा नपराेस् भन्दै सरकारकाे ध्यानाकर्षण पनि गराएका छन् ।
उनले भने,” सरकारले भर्खरै नेपाल वायु सेवा निगममा नयाँ कार्यकारी अध्यक्षकाे नियुक्त गरेकाे छ, नयाँ नियुक्त गरिएकै कारण याे भ्रष्टाचार काण्ड अाेझेलमा नपराेस्, छानविनबाट टाढा नहाेस् ।”
साथै उनले विमान खरिदसंग सम्बन्धि धेरै तथ्याङ्कहरु भेटिएकाे भन्दै विमान खरिदका लागि भएकाे भुक्तानीमा पनि धेरै अनियमिता भएकाे बताए ।
महालेखा परीक्षकको प्रतिवेदनले विमान खरिदमा विधि र प्रक्रिया मिचेको भन्दै अनियमितता भएकाे औंल्याएको हाे । निगमले भने विमान खरिद प्रक्रिया कानून सम्मत नै भएको दाबी गर्दै अाएकाे छ ।
निगमले विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको हुन सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतले छानबिन शुरु गरेको छ ।
हेर्नुहोस् भिडियो
https://youtu.be/H1we4OWhyL0