सिमकोट, भदौ ६ गते । यस वर्ष माथिल्लो हुम्लाको मुख्य बाली फापरको उत्पादनमा वृद्धि हुने भएको छ । आकाशे पानीको भरमा खेती हुुने फापर खेतीका लागि आवश्यकता अनुसार समय समयमा पानी पर्नाले उत्पादनमा वृद्धि हुने भएको हो ।
तीन रोपनी जग्गामा फापर छरेर खेती गर्नुभएका सिमकोट गाउँपालिका ३ का किसान भैरवहादुुर लामाले यसपालि फापरको उत्पादन वृृद्धि हुने बताएका छन् । तितो स्वाद हुने हुुँदा केही समय फापर खेतीमा कमी आएको भए पनि पछिल्लो समय सिमकोट र जिल्ला बाहिरसमेत बिक्री हुन थालेपछि फापर खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको उनले बताए ।
चार रोपनीमा जग्गामा फापर लगाउनुभएका सिमकोट गाउँ पालिका वडा नम्बर ६ की सन्जुु रोकायाले बहुुउपयोगी फापरबाट हुम्लीले फाइदा लिन थालेको बताए । आफूले दैनिक उपभोग पनि गर्ने र केही बिक्री गरेर आम्दानी पनि भइरहेको उनले भने । साविकको सिमकोट, वरगाउँ, डाँडाफया, खगालगाउँ गाविसको मुख्य बाली फापर भएको उनले बताएका छन् ।
अन्य बालीभन्दा कम मिहिनेत गर्नुपर्ने फापर हुम्ला जिल्लाका सबै भूभागमा फल्ने गरे पनि बढी भने चङ्खेली, सिमकोट र नाम्खा गाउँपालिकामा फल्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्षभन्दा यस वर्ष हुम्ला जिल्लामा फापरको उत्पादनमा २५ प्रतिशतभन्दा बढी फापर फल्ने कार्यालयले प्रक्षेपण गरेको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख दलबहादुर फडेराले बताए । यस वर्ष ६ सय ७५ हेक्टरमा फापर लगाइएको उहाँले बताउनुुभयो । जब कि गतवर्ष ६ सय ७५ हेक्टर जग्गामा फापर लगाउँदा तीन सय ८४ मेट्रिक टन फापर उत्पादन भएको कार्यालयले जनाएको छ ।
समुुद्र सतहको एक हजार मिटरदेखि तीन हजार उचाइसम्म फल्ने फापर मानिसको लागि आवश्यक पौष्टिक तìव धेरै पाइने भएकोले स्वादमा तितो भए पनि मानिसले खोजीखोजी खाने गरेका छन् । हुम्ला जिल्लामा तितो र मीठो फापर फल्ने भए पनि बढी तिते फापर फल्ने र यसमा धेरै राम्रो पोष्टिक तìव मात्र होइन विभिन्न रोगको औषधिसमेत हुने गरेको छ । यसको दैनिक प्रयोगदेखि लिएर सुुगरका बिरामीका लागि फापरको पिठो निक्कै उपयोगी हुने गरेको छ । यसले शरीरमा हुने चिल्लो पदार्थ नियन्त्रण गर्न पनि सहयोग गर्ने भएको हुँदा हाल यसको प्रयोग गाउँभन्दा सहरमा बढी हुन थालेको र किसान पनि उत्पादन गर्नेतर्फ लागेको वरिष्ठ कृषि विकास अधिकृत डाक्टर चन्द्रप्रसाद रिसालले बताउनुुभयो । मानिसको मुत्रथैलीमा हुने पत्थरीलाई निको गर्न मद्दत गर्ने फापरमा प्रोटिन र कार्बोहाइड्रेटको मात्रा बढी हुने उनले बताए ।
हाल हुम्लामा किसानहरूले रोटी (लक्कर) का रूपमा मात्र प्रयोग गर्ने गरेको भए पनि सिमकोट बजारमा लक्करसँगै ढिडो र केक रोटीका रूपमा पनि परिकार बनाएर बिक्री हुन थालेको विजय होटेलकी याङ्की लामाले बताए ।
गर्भवती आमा तथा बालबालिकाहरूका लागि आवश्यक पर्ने प्रोटिन, बोसो, मिनरल, फाइबर, इनर्जी ३ सय २३ क्यालोरी, क्याल्सियम र आइरनजस्ता पौष्टिक तìव स्थानीय उत्पादन फापरमा पाइने गरेको छ ।